पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले विपन्न तथा अभिभावकविहीन बालबालिकालाई संरक्षणको खाँचो औंल्याएका छन् ।
एसओएस बालग्राम गण्डकी तथा पोखराको सन् २०२३ को सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक समारोहमा बोल्दै गण्डकी प्रदेश प्रमुख भट्टले बालबालिकाको उचित खानपिन, शिक्षाको प्रबन्ध लगायतका कुरामा सरकारदेखि सामाजिक संघसंस्थाको भूमिका उल्लेख्य हुने बताए ।
एसओएसले सामाजिक उत्तरदायित्वपूर्ण कार्यहरु गर्दै आइरहेको स्पष्ट पार्दै उनले संस्थालाई तीनै तहका सरकारले सहयोग गर्नुपर्ने औंल्याए । उनले विपन्न बालबालिकाको संरक्षणमा एसओएसको भूमिका सराहनीय रहने गरेको चर्चा गर्दै अन्य संघसंस्थाले पनि एसओएसबाट पाठ सिक्नुपर्ने जनाए ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका उपसचिव प्रकाश देवकोटाले एसओएसको साथमा प्रदेश सरकार रहेको स्पष्ट पार्दै समन्वय गरी अगाडि बढ्न सुझाव दिए । त्यस अवसरमा पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँ, पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई लगायतले पनि धारणा राखे ।
कार्यक्रमका बीच मानव विकास तथा खोज केन्द्र काठमाण्डौंका निर्देशक डा.कृष्णबहादुर राईले सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गरे । उनले एसओएस बालग्राममा सञ्चालन हुँदै आएका पारिवारिक हेरचाह, युवा हेरचाह, हर्मन माइमर विद्यालय, सामाजिक केन्द्र अन्तर्गतका कार्यक्रम, एसओएस व्यावसायिक तालिम केन्द्रलाई समेटी प्रतिवेदन राखे ।
प्रतिवेदनमा एसओएस पोखरामा बालबालिकालाई संस्थाले अभिभावकत्व लिएको, आमा तथा अन्टीहरुलाई २ वर्षे तालिम पश्चात नियुक्ति गरेको, युवाको क्षमता विकास गराई समाजमा स्थापित गर्ने रणनीति बनाएको, विद्यालय भवन, खेल मैदान तथा अन्य पूर्वाधारको राम्रो व्यवस्था रहेको लगायत सबल पक्षका रुपमा समेटिएको छ ।
पारिवारिक वालबालिकालाई घरमा दिइने शैक्षिक परामर्शलाई विशेष जोड दिनुपर्ने, युवालयको हेरचाहका लागि थप कर्मचारी व्यवस्था गर्नुपर्ने, विद्यालयमा स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउनुपर्ने, छात्राहरुका लागि सेनिटरी प्याडको व्यवस्था गर्नुपर्ने, शिक्षकहरु छोटो समयमा फेरिने भएकाले बालबालिकाको पठनपाठनमा असर पर्ने गरेको तर्फ सचेत गराइयो ।
त्यसैगरी एसओएस बालग्राम गण्डकीका सवल पक्षहरुमा बालबालिकालाई पोषणयुक्त खाना, मौसमअनुसारका लत्ता कपडा, गुणस्तरीय स्वास्थ्य तथा शिक्षा उपलब्ध भएको उल्लेख छ । त्यस्तै लक्षित बालबालिकालाई शैक्षिक छात्रबृर्ति उपलब्ध गराइएको, जोखिममा परेका बालबालिका, परिवार र अभिभावकलाई परिवार सवलीकरण कार्यक्रमले जीविकोपार्जनमा टेवा पु¥याएको जनाइएको छ ।
त्यस्तै गुनासो सुन्ने संस्थागत व्यवस्थालाई थप प्रभावकारी बनाउनुपर्ने, विद्यालयका केही पुराना संरचनाहरु शीध्र मर्मतसम्भार गर्नुपर्ने, ९ जिल्लामा छरिएका सेवाग्राहीको नियमित अनुगमन बढाउनुपर्ने, स्थानीय तहसँग स्रोत साझेदारी बढाउनुपर्ने लगाय सुझाव समेटियो । प्रस्तुत प्रतिवेदन माथि समूहगत रुपमा छलफल समेत भयो ।
एसओएस बालग्राम गण्डकीका योजना निर्देशक प्रदीपभक्त आचार्यको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एसओएस बालग्राम पोखराका योजना निर्देशक लोब्साङ ग्याल्सेनले स्वागत तथा एसओएस बालग्राम गण्डकीका सहायक निर्देशक ज्योति लम्सालले कार्यक्रम सञ्चालन गरिन् ।
१ सय ३६ देशमा सेवा विस्तार गरेको एसओएस बालग्रामको मुख्य कार्यालय अष्ट्रियामा छ । जस अन्तर्गत हाल पोखराको रामबजारमा एसओएस बालग्राम गण्डकी तथा छोरेपाटनमा एसओएस बालग्राम पोखरा संचालित छन् ।
सम्बन्धित खबर
स्याङ्जामा महिलालाई नि:शुल्क लोकसेवा तयारी कक्षा
स्वस्थ शरीर र स्वस्थ मस्तिष्कयुक्त नागरिक उत्पादनमा खेलकुद सहयोगीः प्रदेश प्रमुख भट्ट
गण्डकीमै पहिलो पटक एआई एक्सरे मेसिन सञ्चालनमा, स्वास्थ्यमन्त्री पाठकद्वारा शुभारम्भ
खुल्ला भजन चुड्का प्रतियोगिता हुने
‘ड्रागन फ्रुट बिक्री गर्न समस्या छैन’
स्याङ्जामा सवारी दुर्घटना घट्दै
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम