स्याङ्जाको अर्जुनचौपारीमा अन्तर वडा क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगितामा स्याङ्जा, पर्वत र पाल्पा जिल्लाका गरि २५ क्लबको सहभागिता रहने बताइएको छ ।
अर्जुनचौपारी गाउँपालिका वडा नम्बर १ बजारस्थित दरौँखोलाको खेलमैदानमा फागुपुर्णिमाको अवसरमा दरौँखोला युवा परिवारद्वारा हरेक वर्ष जस्तै यस वर्षपनी अन्तर वडा क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष किरण काफ्लेले बताए ।
क्लबका अध्यक्ष काफ्लेले उक्त भलिबल प्रतियोगिता पोल सिस्टममा खेलाइने र वडाभित्रको क्लबभन्दा बाहिरका दुईजना खेलाडीहरु समावेश गर्न पाइने जानकारी दिए ।
उनले अन्तर वडा क्लब स्तरीय प्रतियोगिता अन्तर्गत यस क्षेत्रकै सर्वाधिक राशिको प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।
क्लबका अध्यक्ष काफ्लेका अनुसार चैत्र ११ गतेदेखि १७ गतेसम्म चल्ने भलिबल प्रतियोगितामा शिल्ड, मेडल र प्रमाणपत्रसहित विजेताले एक लाख २१ हजार १११ रुपैयाँ, उपविजेताले ८१ हजार १११ रुपैयाँ, तृतीयले ४१ हजार १११ र सान्त्वना हुने टिमले ११ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
त्यस्तै, बेस्ट प्लेयर, बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट ब्लकर, बेस्ट डिफेन्डर, बेस्ट कुइकर र बेस्ट अनुशासित प्लेयर गरि विभिन्न सात विधामा पनि खेलाडीहरुलाई पुरस्कृत गरिने खेल संयोजक खिम गुरुङले बताए ।
सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला