नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सामान्य सोधपुछ गरेर छोडेको सात महिनापछि दिपेश पुन पक्राउ परेका छन्।
पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पक्राउ पर्नुमा सात महीना अघिकै घटना जोडिन्छ। साढे ६० किलोग्राम सुन तस्करी प्रकरणमा दावा छिरिङ पक्राउ परेपछि दिपेश पनि शंकाको घेरामा परेका थिए।
पुर्पक्षका लागि थुनामा रहेका दावासँग दीपेशको बाक्लो उठबस देखिएको थियो। गत साउन १४ गते दावा पक्राउ परे लगत्तै सीआईबीले दिपेसलाई बोलाएको थियो। त्यतिवेला भने सामान्य सोधपुछ गरेर छोडिदिएको थियो।
सीआईबीमा गरेको कागजमा अमला रोकाको ठमेलमा रहेको होटल भियनामा रोल्पादेखि आएका कार्यकर्ता राख्नुपर्ने भएकाले सम्पर्क हुने गरेको दिपेशले बताएका छन्। कागजमा अमलासँग कारोबार नभएको दाबी गरेका थिए। अमला सुन तस्करीमा पक्राउ परेका दाबाकी पत्नी हुन्।
तर चिनियाँ व्यापारीसहित अमलासँग दीपेश हेलिकोप्टरमा गोसाइँकुण्ड गएको हिमालखबरले खुलासा गरेको थियो। २०७६ माघ १ गते अमला र दीपेश तीन जना चिनियाँसहित मनाङ एअरको हेलिकोप्टरमा गोसाइँकुण्ड गएका थिए।
काठमाडौंको छङफङ होटलमा अमलासँग साझेदार रहेका चु जिलियाङ पनि गोसाइकुण्ड भ्रमणमा थिए। होटलमा दावा, अमला, मञ्जिल श्रेष्ठ, चिनियाँ नागरिकहरू जिलियाङ, चेन काइमु, गुआङपेङग जोङ साझेदार छन्। यो होटल ३० करोड रुपैयाँ चुक्ता पूँजीसहित २०७४ सालमा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको कागजातबाट खुल्छ।
गत साउनमा दावा पक्राउ परेको भोलिपल्ट समेत अमलाले पूर्व उपराष्ट्रपति पुनलाई भेटेको भिडिओ उनकी बहिनी नाता पर्ने बिन्दु मगरले फेसबूक रिलमा राखेकी थिइन्। यी घटनाक्रमले दावा-अमला गिरोहसँग दीपेशको लामो समयदेखि साँठगाँठ रहेको समेत खुलाउँछ। दीपेश नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का महासचिव समेत हुन्।
उनले सीआईबीलाई नियमित चलाउने मोबाइलको सट्टा अर्कै मोबाइल दिएका थिए। मोबाइल परीक्षण गर्दा एउटा पनि फोटो भेटिएको थिएन। मोबाइलमा डेटा नभेटिएको वहानामा दीपेशले उन्मुक्ति पाएका थिए।
सहकारी ठगीमा समेत दीपेश विरूद्ध प्रहरीमा उजुरी परेको छ। बुटवलको सुप्रीम बचत तथा ऋण सहकारीमा जीबी राई अध्यक्ष हुँदा दीपेश सचिव थिए। सहकारीको पैसा राई, दीपेश सहितले अपचलन गरेको आरोप छ।
त्यस्तै, पोखराको सूर्यदर्शन सहकारीमा दीपेशले पुलेसो कर्जा लिँदा पनि अनियमितता गरेको आरोप छ। उनी सूर्यदर्शन सहकारी सदस्य थिएनन्। सदस्य नभएका व्यक्तिलाई ऋण दिन पाइँदैन। तर, जीबी राईसँगको साँठगाँठमा ऋण लिएका थिए।
दिपेशकै शैलीबाट गृहमन्त्री रवि लामिछानेले पनि सूर्यदर्शन सहकारीबाट ऋण लिएका थिए। गृहमन्त्री विरूद्ध त पोखरामा जोहरी नै परेको छ। नेपाली कांग्रेसले आफ्नै विरुद्ध जाहेरी परे पनि लामिछानेले स्वार्थ बाझिने मन्त्रालय सम्हालेको भन्दै संसद् अवरुद्ध पारिरहेको छ।
सम्बन्धित खबर
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति
छविलाई अनुसन्धान गर्न काठमाडौँ पुर्याइयो
कुमार रम्तेललाई काठमाण्डौमा बयान पछि पुनः पोखरा ल्याइयो
दाउराले टाउकोमा हानेर श्रीमानको हत्या
तनहुँमा साढे ६ लाखसहित कौडा खेलिरहेका १३ जना पक्राउ
दीपक मनाङे डिल्लीबजार कारागार चलान
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते