आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

mausam

पोखरा । देशका केही स्थानमा आज आइतबार बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

अहिले देशका पहाडी भू-भागमा लगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहेको छ।

आइतबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने छ।

यस्तै, राती सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds