पोखरा, २६ साउन । कास्कीको अन्नपूर्ण गाउँपालिका १ घर भई पोखरा ८ रत्नचोक बस्दै आएका डा. जहेन्द्र कुँवर मृत भेटिएका छन् ।
कास्की प्रहरी प्रवक्ता रविन्द्रमान गुरुङका अनुसार उनको शव विहान ७ बजे फेवातालमा भेटिएको हो । पोखरा ६ केदारेश्वर मन्दिरको नजिकै फेवातालमा उनको शव भेटिएको हो । ‘विहानै ७ बजेतिर ३५–४० वर्ष उमेरका डा. जहेन्द्र कुँवर भन्ने व्यक्तिको शव भेटियो । अरु अनुसन्धानमै छ ।’ डिएसपी गुरुङले भने ।
अहिले पोस्टमार्टमका लागि उनको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । परिवारले शंकास्पद मृत्यु भनेका छन् । प्रहरी प्रवक्ता गुरुङले साउन २४ गते साँझ घर छाडेर हिँडेको भन्ने बुझिएको बताए ।
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम