सरकार ढल्ने निश्चित भएपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रबाट भएका मन्त्रीहरु सामाजिक विकास मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरिदिए ।
आफ्ना मन्त्री बर्खास्त गरिदिएपछि नेकपा माओवादी केन्द्रले पाण्डे सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।
मुख्यमन्त्री पाण्डेले माओवादी केन्द्रका मन्त्रीहरुलाई जानकारी समेत नदिई पदबाट हटाएको खुलको छ ।
माओवादी गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले समर्थन फिर्ता नलिएका बेला जानकारी समेत नदिई मुख्यमन्त्रीले बर्खास्त गरेको बताए ।
अब तत्काल सरकारलाई दिएकाे समर्थन माओवादीले फिर्ता लिने भएको छ । यसका लागि माथिको निर्देशन कुरेर बसेको बताउँदै चुमानले माथिबाट निर्देशन आउनासाथ सरकारलाई दिएको समर्थन फिर्ता लिइहाल्ने बताए ।
सम्बन्धित खबर
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव शुरु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते