एकीकृत समाजवादी तत्कालै सरकारमा सामेल नहुने

एकीकृत समाजवादी तत्कालै सरकारमा सामेल नहुने

Jhalanath-Khanal 1

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) तत्कालै सरकारमा सामेल नहुने भएको छ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा आजै गठन हुने नयाँ गठबन्धन नेतृत्वको सरकारमा एकीकृत समाजवादी तत्कालै सहभागी नहुने सम्मानित नेता झलनाथ खनालले बताए ।

“हामीले गम्भीरताका साथ यी उलटफेरलाई हेरिरहेका छौँ,” नेता खनालले भने, “तत्कालै सरकारमा जाँदैनौँ ।”

गएराति नयाँ गठबन्धन दलहरूबीच नेकपा एकीकृत समाजवादी बारे पनि कुराकानी भएको थियो।

‘उक्त छलफलमा माधवकुमार नेपालले चाहेमा यो गठबन्धनमा रहन सक्ने र समाजवादीका लागि पनि मन्त्री छुट्याउन सकिने समझदारी बनेको थियो,’ स्रोतले भन्यो, ‘यदि उहाँले निहुँ खोज्नुभयो भयो समाजवादी पनि गठबन्धनमा रहन मुस्किल छ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds