लियो लायन्स क्लब अफ पोखरा फरक अभियानको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ६२ युनिट रगत संकलन भएको छ ।
रक्तदान कार्यक्रमको सुरुवात प्रमुख अतिथि पिआरओ ई चिफ शैलेन्द्र मोहन भट्टराईले लियो क्लबका अध्यक्ष दिप्चल बराललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरेका थिए । बरालकै जन्मदिनमा कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता गरेका क्लब अध्यक्ष हरिहर पराजुलीले पोखरा फरक अभियानले सामाजिक काम गर्दै जाने र रगत अभावलाई थोरै भए पनि कम गर्न लियो लायनहरुले रक्तदान कार्यक्रम गरिरहने बताए ।
क्रार्यक्रममा अतिथि रिजन चियर पर्सन मणि डुम्रे, ब्लड डोनेसन कोडिनेटर सन्तोष कुमार केसी, लियो डिष्ट्रिक अध्यक्ष राजन बाबु ढुङ्गाना, उपाध्यक्ष मनिष अर्याल, सचिव अभिषेक सुवेदी, चिफ रिजन कोडिनेटर अमृत पौडेलको उपस्थित रहेको थियो ।
कार्यक्रम संचालन विवेक सापकोटाले गरेका थिए ।
सम्बन्धित खबर
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते