पोखरा महानगरपालिका वडा नं. १२ मा संचालित तिन महिने निःशुल्क मन्टेश्वरी तालिमको समापन भएको छ । दैनिक पाचँ घण्टा संचालन भएको तालिममा पोखरा महानगरपालिका १२ का विभिन्न क्षेत्रका महिलाहरुको सहभागिता रहेको थियो ।
तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सामाजीक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेलले पछिल्लो समय विश्वजारमा खोजी हुने विषयहरुको बारेमा तालिमका विषयहरुको खोजी र माग रहेको बताए ।
समुदायस्तरमा मन्टेश्वरी तालिमको माग ज्यादै उच्च रहेकाले आगामी पञ्चवर्षीय योजनामा सीपमूलक तालीमलाई जोड दिँदै सिक्दै कमाउँदै कार्यक्रमहरु समावेश गरेको बताए ।
व्यवसायिक तथा सीप विकास तालिम केन्द्र पोखराले संचालन गरेको तालिमा २४ बढी महिलाहरुको सहभागिता रहेको थियो ।
समापन कार्यक्रमका विशिष्ट अतिथि पोखरा १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले सिकाइलाई प्रभावकारी बनाउन अनुरोध गरेका थिए । उनले विद्यार्थीलाई घोकन्ते विद्या भन्दा पनि व्यवहारिक रुपमा सिकाउन सके मात्र उपलब्धिमूलक हुने बताए ।
कार्यक्रममा सहभागी प्रशिक्षार्थी प्रशंसा गुरुङले तालिमको प्रयोग गरेर साना साना बालबालिकाहरुलाई सिकाउने शिक्षण विधिले आफ्नो क्षमता वृद्धि भएको बताइन् । तालिममा सहभागी ६ जनाले रोजगारी समेत पाएको तालिम प्रशिक्षक सिता अधिकारी वाग्लेले जानकारी दिइन् ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते