बारा । बाराको निजगढस्थित एक वर्कसपमा बमजस्तो देखिने शंकास्पद वस्तु विस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वर्कसप सञ्चालक निजगढ नगरपालिका–९ का ३४ का रेशम जर्घामगर, भारत गवाही बस्ने ३५ वर्षीय राकेश जयसवाल र वीरगंज महानगर पालिका–९ बस्ने बस्ने बर्ष २० को रितु रजत रहेका छन् ।
कवाड सञ्चालक राज जैसवालले सो बमजस्तो देखिने वस्तुमा रहेको तामा निकाल्न वर्कशपमा ल्याएका र वर्कशपमा काट्ने क्रममा सो बमजस्तै देखिने वस्तु विस्फोट हुँदा सो घटना भएको हो ।
जैसवाल र उनकी श्रीमति सुशीलादेवी जैशवाललाई घटनास्थलबाट भारत भाग्ने क्रममा प्रहरीले पक्राउ गरेको बारा प्रहरीले जनाएको छ । यता अनुसन्धानमा खटिएको प्रहरीले सिसिटिभी हेर्ने र सो बिक्रीमा संलग्न रहेकाहरुको पहिचानका लागि गएराति दुई स्थानमा छापा मारी थप मानिस पक्राउ गरेको छ ।
विस्फोटन भएको वस्तुमा ईन्डियन फिल्ड गन १०५ एचई प्रोजेक्टाईल रहेको प्रहरीको भनाइ छ ।
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते