जन्मदिनमा अरु केक काट्न बोलाउँछन्, दिवसले रगत दिन बोलाए

जन्मदिनमा अरु केक काट्न बोलाउँछन्, दिवसले रगत दिन बोलाए

diwas (1)

रञ्जन अधिकारी । जन्मदिनमा आफन्त, साथीभाइलाई निम्तो दिइन्छ । केक काटेर रमाईलो गर्न, होटलमा पार्टी गर्न बोलाईन्छ । तर दिवस गुरुङले साथीभाइलाई त बोलाए, केक खुवाउन होइन, रगत दिन । उनको आग्रह स्विकार गर्दै ६८ जनाले रगत गिफ्ट दिए । त्यो अमूल्य गिफ्ट, जसले घरको कोठा होइन, जिवन सजाउन उपयोग भयो । यति तारिफयोग्य काम दिवसले आफ्नो जन्मदिनमा गरे ।

बुधबार २४ औं दिन्मदिन दिवशले आफू अध्ययनरत पोखरा वन विज्ञान अध्ययन संस्थानमा नै यसरी मनाएका हुन् । उनले पछिल्लो समय परोपकारी काम गर्दै जन्मदिन मनाउँदै आएका छन् । तीन वर्ष पहिले लुम्लेमा पहिरोले बगाएको विद्यालयमा बालबालिकासगँ शैक्षिक सामाग्री दिएर जन्मदिन मनाएका उनले दुई वर्ष अघि वृद्धाश्रमका बुबाआमासँग मनाए । गत वर्ष कृस्तीमा अवस्थित एक विद्यालयमा रहेका ४० अनाथ, सुकुम्बासी बालबालिकालाई शैक्षिक सामाग्री, खेलकुदका सामान लगायत एकदिनको खाजा सगैँ हात धुने, दात माझ्ने सिकाई कार्यक्रम गरी मनाए ।

‘मानवताका लागि रक्तदान, रक्तदान जीवनदान’ भन्ने नारा सहित आयोजित कार्यक्रममा प्रमुख अतिथि वन विज्ञान अध्ययन संस्थानका क्याम्पस प्रमुख ठाकुर सिलवालले प्रशंसायोग्य काम भन्दै तारिफ गरे । विशेष अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका अध्यक्ष तीर्थराज अवस्थीले ५३ औं पटक रक्तदान गरे । ६२ औं पटक रक्तदाता जीतेन्द्र मान शाक्य, ३४ पटक रक्तदाता बसन्त विनोद, अमेरिकी नागरिक डेबिट रका साथ प्राचार्य बिनोद प्रसाद हेअजु लगायतले दिवसको प्रशंसा गरे ।

पोखरा लामाचौरका गुरुङ साइकल यात्री हुन् । गुरुङ पोखरा हरियोखर्कमा अवस्थित वन विज्ञान अध्यन संस्थानमा ब्याचलर चौँथो वर्षमा अध्यनरत छन् । रक्त अभावलाई केहि समय भएपनि पूर्ति गर्न आयोजित कार्यक्रमपछि गुरुङले भने –‘वर्ष भर हामी आफ्नै खुसीमा रमाईरहन्छौँ । कम से कम एक दिन केही परोपकारी काम गरौँ भनेर रक्तदान कार्यक्रमको आयोजना गरेको हुँ । एउटी आमाको आँशुले बचाउन नसकेको सन्तानलाई हाम्रो रगतले बचाउन सक्छ । जिन्दगी अरुका लागि पनि बाँचौं ।’

भुकम्प पछि बैशाख १३ गते गरखाको भुकम्पग्रस्त सिम्जुङ गाउँमा एक हप्ता उद्दार राहत वितरणमा पुगेपछि मनमा परोपकारी भावनाको मुना पलाउन थालेको उनको भनाई छ । त्यस पछि विभिन्न कार्यक्रम लिएर उनी चितवन र गोरखाको चेपाङबस्तीमा पुगे ।

साइकल, समाज र शिक्षामा एकसाथ लागिपरेका दिवस आगामी दिनमा रक्तदान, वातावरण संरक्षण र आन्तरिक पर्यटनका साथ भिजिट नेपाल २०२० को प्रचारप्रचारको लागि साइकल यात्रा गर्ने, अनि पर्यटन क्षेत्रमा आवद्द भएर साइकल पयर्टन प्रवर्दनमा लागी पर्ने बताउँछन् । यसै सिलसिलामा अबको दसैं तिहार ४० दिनको एकल नेपाल साईकल यात्रामा जुट्दै छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ