पोखराको ग्लोबल कलेजियट माविमा ९ कक्षामा अध्ययनरत सम्पन्ना भट्टले आफ्नो जन्मदिन फरक ढंगले मनाएकी छिन् ।
पोखराको छोरेपाटमा रहेको चाँदनी एनिमल रेस्क्यू एन्ड केयर सेन्टरमा पुगेर उनले त्यहाँ उद्धार गरिएका कुकुर बिरालोसँग आफ्नो जन्मदिन मनाएकी हुन् ।
चाँदनी केयर सेन्टरमा अपांग भएका र घाइते भएका जीवहरुलाई उद्धार गरी औषधोपचार पश्चात् संरक्षण गरी राखिन्छ ।
गाडी तथा मोटरसाइकलको ठक्करबाट घाइते भएका, सडक कुकुर तथा बिरामी रोगी जीव जनावरलाई उद्धार गरी चाँदनी केयरमा राखी पुनर्जीवन गरिँदै आएको केयरले जनाएको छ ।
यसअघिका जन्मदिनमा सम्पन्नाले बृद्धाश्रमहरुमा ज्येष्ठ नागरिकलाई भोजन गराउँदै मनाउँदै आएकी थिइन् ।
यस्तै, सम्पन्नाले लेकसाइड स्थित सडकमा रहेका कुकुरहरुलाई खाना खुवाउँदै आएकी झरना बहिनीलाई पनि २० किलो चामल प्रदान गरिन् ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
६५ वर्षीय एक पुरुष मृत फेला
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते