पोखरा । पोख्रेली घराना कर्माचार्य हाउसका अध्यक्ष एवं लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले आफ्नी पत्नी लक्ष्मीसुन्दरी कर्माचार्यको स्मृतिमा सहयोग कोष खडा गरी मृगौला पिडित महिलालाई बार्षिक एक लाख रुपैँया प्रदान गरिने भएको छ ।
स्व.लक्ष्मी सुन्दरीको ४५ दिनको पुण्य तिथिमा वरिष्ठ उद्योगपति चन्द्रकृष्ण कर्माचार्यले सो घोषणा गरेका हुन्।
उनले सरकारी अस्पतालमा डायलसिस गरिरहेका कास्की जिल्लाका महिला मध्येबाट बार्षिक एक जनालाई एक लाख रुपैँया प्रदान गरिने बताए । सो सहयोग सञ्चालन एवं व्यवस्थापनको लागि कर्माचार्य समाज र कर्माचार्य महिला समाजलाई जिम्मेवारी दिइनेछ ।
हरेक बर्ष फागुन महिनाको पहिलो हप्ता प्रदान गरिने सो रकम कस्तो महिला दिने भन्ने बारेमा समितिले निर्णय गर्नेछ । उनले यस अगाडि पनि लेखनाथ उद्योग वाणिज्य संघमा एक लाख एक हजारको चन्द्रलक्ष्मी ज्येष्ठ नागरिक पुरस्कार प्रदान गर्दै आएकी छन्।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
६५ वर्षीय एक पुरुष मृत फेला
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते