पोखरा महानगरपालिकाले पोखरालाई ग्रीन सिटी, क्लिन सिट अभियानलाई मूर्त रुप दिने बताएको छ ।
बुधबार पोखरा महानगरपालिका भवन तथा पूर्वाधार मापदण्ड २०८० सार्वजनिक समारोहमा मेयर धनराज आचार्यले पोखरालाई ‘ग्रिन सिटी’को रुपमा विकास गरिने बताउँदै स्याङ्जाको पुतलीबजार पर्पलसिटी, वालिङ पिंक सिटी भएजस्तै अब पोखरा ग्रीन सिटी हुने बताए ।
मेयर आचार्यले पोखराका घर भवनमा हरियो रङ लगाउने योजना पूरानै रहेको पनि उल्लेख गरे । ‘स्याङ्जामै पुतलीबजार पर्पल सिटी छ । वालिङ पिंक सिटी छ । अब पोखरा पनि हरित सहरको रुपमा ग्रिन सिटी बन्नेछ’ उनले भने ।
यस्तै, पोखरा महानगरपालिकामा अब बन्ने घर तथा भवन ५ तलासम्म बनाउन महानगरले दिने भएको छ । यसअघि पोखरामा साढे ३ तलासम्म मात्रै बनाउन पाइने मापदण्ड थियो । तर, जग्गा र पैसा हुनेले मनलाग्दी घर तथा संरचना बनाउँदै आएका थिए ।
दिइएका उदाहरण हेर्नुहोस्,
वालिङ पिंक सिटी बनाइँदा घर, संरचनाहरु पिंक रंगकै छन् ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते