पोखराको महेन्द्रपुल स्थित झण्डापार्कमा बसेर २३ जना युवाले कम्युनिष्ट पार्टीको घोषणा पत्र वाचन गरेका छन् ।
कम्युनिस्ट पार्टीको घोषणापत्र जारी भएको १७६ औं बर्ष पूरा भएको अवसरमा पोखरेली २३ जनाले २३ पृष्ठको कम्युनिष्ट घोषणापत्र वाचन गरेका हुन् ।
पोखरा महेन्द्रपुलस्थित भीमसेन पार्कमा निर्माण गरिएको झण्डापार्कका रहेको १९३ देशको झण्डामुनी बसेर मार्क्स र एंगेल्सका अनुयायीहरुले कम्युनिष्ट घोषणा पत्र वाचन गरेका हुन् ।
२३ जनाले पालैसँग एक एक पृष्ठ घोषणा पत्र वाचन गरेका थिए । १७६ वर्ष अगाडि त्यस बेलाको समाजको बिभेदलाइ चिर्न मार्क्स र एंगेल्सले समाज रुपान्तरणको निम्ति कम्युनिस्ट घोषणापत्र जारी गरेका थिए ।
कम्युनिष्ट घोषणा पत्रमा प्रतिबद्ध भएर नीति, कार्यक्रम र व्यवहार लागु गर्न आग्रह गर्दै युवाहरूले घोषणा पत्र वाचन गरेका थिए ।
केही दिन अघि मात्रै खुल्ला गरिएको झण्डा पार्क नै युवाहरूले रोजे । यो पार्क अहिले चर्चामा छ । झण्डा पार्कको औचित्यताका बारेमा पनि बहस भइरहेकाले पार्कको चर्चा चुलिएको हो ।
सम्बन्धित खबर
प्रथम स्व. कमल पोख्रेल स्मृति कप, पुरुष भलिबल प्रतियोगिता हुने
पुस्तक तथा स्टेसनरीमा गौतमको नेतृत्व
कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव
रिमझिम बल क्यान्डी ‘पीरो मिठाई’ पोखरा बजारमा उपलब्ध, छिट्टै देशैभर उपलब्ध हुने
नि : शुल्क स्वास्थ्य शिविरबाट दुई हजार बढी लाभान्वित
चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम