विमानस्थलबाट करिब एक किलो सुनसहित भारतीय नागरिक पक्राउ

विमानस्थलबाट करिब एक किलो सुनसहित भारतीय नागरिक पक्राउ

arrest gold

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ५५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् ।

अर्धठोस बनाएर ल्याइएको अवस्थामा सुनसहित भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुरलाई पक्राउ गरेको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार सोमबार राति फ्लाई दुबईको उडानमार्फत काठमाडौँ आएका गफुरलाई शंका लागेर जाँच गर्दा सुन फेला परेको थियो ।

उनलाई थप अनुसन्धान र कारबाहीका लागि विमानस्थल भन्सार कार्यालयमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds