वनभोजमा खाना सर्केर मेयरका स्वकीय सचिवको ज्यान गयो

वनभोजमा खाना सर्केर मेयरका स्वकीय सचिवको ज्यान गयो

death-body

रामेछाप । रामेछाप नगरपालिकाका कर्मचारीको वनभोज कार्यक्रममा खाना खाने क्रममा सर्केर एक जनाको ज्यान गएको छ ।

मेयर लवश्री न्यौपानेका स्वकीय सचिव समेत रहेका ४८ वर्षीय लक्ष्मण श्रेष्ठको खाना सर्केर ज्यान गएको जिल्ला अस्पताल रामेछापले जनाएको छ ।

नगरपालिकाको वडा नम्बर ७ सुकाजोरमा रहेको ताराखस्यो पोखरीमा शनिबार वनभोज आयोजना भएको थियो । खाना खाने क्रममा सर्केपछि उनले लामो समयसम्म खोकेका थिए ।

उनी लगातार खोकीले पनि ठिक नभएर शिथिल बनेपछि उपचारका लागि काठमाडौं पठाउन हेलिकोप्टर बोलाए पनि हेलिकोप्टर नपुग्दै ज्यान गएको हो ।

यो घटनापछि वडा नम्बर ७ का अध्यक्ष समीर कार्कीसमेत केहीबेर बहोस भएको प्रत्यक्षदर्शीले बताएका छन् । उनको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds