पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको नाम अब पोखरा महानगरपालिका मात्र हुने गरी औपचारिकता पाएको छ । भर्खरै सम्पन्न मन्त्रीपरिषद् बैठकले महानगरको सिफारिस बमोजिम लेखनाथ शब्द हटाउने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जानकारी दिए ।
अब नेपाल सरकारले राजपत्रमा प्रकाशित गर्नेछ र त्यसपछि कामकाज नयाँ नामअनुसार अघि बढ्नेछ । गत असार १२ गते महानगरको तेश्रो नगरसभाले अब पोखरा महानगरपालिका मात्र रहने गरी लेखनाथ शब्द हटाउने गरी सरकार समक्ष सिफारिस गरेको थियो । उपमहानगरपालिका रहँदा पनि पोखरा मात्र थियो । पछि, लेखनाथ नगरपालिका सहित आसपासका गाविस गाभेर पोखरा लेखनाथ महानगरपालिका नामाकरण गरियो ।
एमालेतर्फका सचेतक तथा पोखरा १९ का अध्यक्ष शोभामोहन पौडेलले सभामा नाम परिमार्जनको प्रश्ताव पेश गरेका थिए । उनको प्रश्तावलाई काँग्रेस सचेतक तथा पोखरा ९ का अध्यक्ष रामराज लामिछानेले समर्थन गरेका थिए । बहुमत वडाध्यक्ष र सदस्यहरुले नाम परिमार्जन गर्ने बिषयमा समर्थन जनाएका थिए ।
यस प्रस्तावमाथि ४० जना नगर सभासद्ले आफ्ना धारणा राखेका थिए । धेरैले कवि शिरोमणि लेखनाथ पौड्याललाई ससम्मान उनको नामा अन्य क्षेत्रमा जोड्न सकिने तर महानगरको नाम पोखरामात्रै हुनुपर्ने बताएका थिए । नामको बिषयमा पहिले देखि नै विरोध र विवाद आएकोले हटाउनका लागि प्रश्ताव गरिएको गरिएको थियो ।
साविक लेखनाथ नगरबासीले भने लेखनाथ नगरपालिका रहँदा एक अर्ब बजेट आउनेमा अहिले महानगरमा मिसिएपछि त्यस क्षेत्रमा २० करोड मात्र आएको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि जनाएका छन् । विकास पनि नहुने, लेखनाथ नाम पनि हटाउने भएपछि नगरपालिका नै हुनुपर्ने केहिको माग छ । तर, सर्वसम्मत रुपमा नाम हटाई ग्रेटर पोखराको अवधारणामा अघि बढेको महानगरपालिकाले जनाएको छ ।
This will close in 3 seconds
सम्बन्धित खबर
डा. चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण
बैंक तथा वित्तीय क्षेत्रको समस्यामा प्रतिफल आउने गरी काम गर्छुः गोकर्ण कार्की
काम गर्न राम्रो टीम चाहिन्छ, त्यो हामीले लिएर आएका छौँः अर्जुन पोखरेल
‘नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक’ – सौगात थापा
‘मानिया’ इनर्जी ड्रिंक पिउँदा तामाङ्गले जिते ३२ इन्चको एलइडी टिभी
जीवनको मुक्ति साधना, सफलताका लागि कर्म अनिवार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग