पोखरा । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सत्ता गठबन्धन मौसमी भएको टिप्पणी गरेका छन् ।
उनले पोखरामा समाजवादी प्रेस संगठन कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा गठबन्धन आवश्यकता अनुसार बन्ने जनाउँदै यसैमा सधैं भर पर्न नसकिने जनाएका हुन् ।
उनले परिस्थिति बदलिएसँगै गठबन्धन पनि परिवर्तन हुन सक्ने संकेत गरे । ‘यो गठबन्धन मौसमी गठबन्धन हो । यसले केही निकास दिन सक्दैन । यो मौसम परिवर्तन भएसँगै नयाँ गठबन्धन पनि सकिन्छ,’ उनले भने ।
उनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उल्लेख्य काम गर्न नसकेको टिप्पणी गर्दै उनले अब कोर्ष बदल्नुपर्ने तर्क गरे । ‘मेरो प्रचण्ड कमरेडलाई सुझाव छ । तपाई कोर्ष करेक्सन गर्दै काम गर्नुहोस्,’ उनले भने ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्षमा पनि जनअपेक्षा अनुरुप काम नहुँदा आक्रोश बढेको उनको ठम्याइ छ । उनले संसद विघटनलाई नेपाली राजनीतिको महाभूकम्पको रूपमा चित्रण गरे । त्यही राजनीतिको परकम्पले अहिले पनि परिस्थिति सही दिशामा गइनसकेको उनको भनाइ छ ।
सरकारले संविधान अनुरूप काम गर्न नसक्दा पुरातनपन्थी शक्ति सल्बलाउन थालेको उनले उल्लेख गरे । उनले अहिलेको नेपालमा रहेको पुँजीवाद दलाल पुँजीवाद भएको तर्क गर्दै नेता खनालले यसले समस्याहरुको समाधान नदिने जनाए । एकीकृत समाजवादीको अबको महाधिवेशनले देशको वर्तमान अवस्था बदल्ने नीति लिने र देशले निकाश पाउने उनको भनाइ छ ।
सम्बन्धित खबर
कीर्तिपुर जग्गाको साइनो ललिता निवाससँग छैन – शंकर पोखरेल
रास्वपा अनुशासन आयोगका उपप्रमुखले दिए पदबाट राजीनामा
छोरा जन्मिएको ४८ घण्टा नबित्दै शिशुसँगै अस्ताए परिवारका ४ जना
यो सरकार खरानीको डल्ला होइन, ‘फू’ गर्दा उड्ने : प्रधानमन्त्री ओली
प्रहरी समायोजन नहुँदा काम प्रभावितः मुख्यमन्त्री पाण्डे
पार्टीका शुभचिन्तकले दान गरेको जग्गा स्वीकार गरेका हौं: एमाले
यो पनि पढौँ
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
दशैंमा तनहुँ ससुराली आएका ज्वाईंको मादीले बगाएर मृत्यु