चितवन । चितवनमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्।
पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका– २ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नम्बरको बस गएराति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो।
घाइते सबै बसका यात्रु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।
बसका चालक फरार रहेको र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
मेडिकल कलेज तथा सरकारी अस्पतालले शुल्क विवरण सार्वजनिक नगरे कारबाही
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण
एकीकृत समाजवादीले कीर्तिपुरको मेयरमा माओवादीलाई समर्थन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते