बैंकिङ कसुर मुद्दामा संलग्न हेटौंडाका समित चन्द्र राजभण्डारी पोखरामा पक्राउ परेका छन् । झण्डै २५ लाख तिर्न नसकी जेठ ३० गतेदेखि फरार उनलाई बुधबार पोखरामा पक्राउ गरिएको हो ।
चन्द्र केसीले दिएको जाहेरीमा उच्च अदालत पाटनबाट बिगो बमोजिम तेईस लाख अण्ठानब्बे हजार नौ सय उनान्सय रुपैँया जरिवाना र ८ दिन कैद सजाय हुने तथा क्षतिपुर्ती शुल्क बापत पञ्चानब्बे हजार नौ सय उनान्साठी राजभण्डारीबाट भराउने फैसला भएको थियो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नं. २ घर भई काठमाण्डौ कलंकी बस्दै आएका राजघण्डारीले इचंगुनारायणमा माया लक्ष्मी ट्राभल्स एण्ड टुर्स सञ्चालन गर्दै आएको खुलेको वडा प्रहरी कार्यालय बगरका प्रमुख इन्स्पेक्टर बोधराज रेग्मीले जानकारी दिए ।
बुधबार पोखरा १ बगर, टुंडिखेल मैदानमा फेला पारी तत्काल पक्राउ गरी कैद, जरिवाना तथा क्षतिपुर्ती भुक्तानीका लागि काठमाण्डौ जिल्ला अदालतमा पठाइएको उनले जनाए ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते