पोखरा नयाँबजारस्थित मित्रमिलन सहकारी ठगीको आरोपमा पक्राउ परेका पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक विष्णुप्रसाद भण्डारी धरौटीमा रिहा भएका छन्।
आज बुधबार जिल्ला अदालत कास्कीबाट ७ लाख धरौटीमा उनी रिहा भएका छन् । आज भएको थुनछेक बहसका क्रममा न्यायाधीश रामचन्द्र शर्माको इजलासले भण्डारीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
पक्राउ पूर्जी जारी भएपछि सम्पर्कविहीन भण्डारीलाई प्रहरीले दुई दिन अघि सोमबार राति ८ बजे पक्राउ गरेको थियो । पोखरा–५, मालेपाटनस्थित कुलाकोडिल नजिकै डेरा गरी बस्दै आएका भण्डारीलाई कोठाबाटै प्रहरीले पक्राउ गरेको थियो ।
मित्रमिलन सहकारी ठगीमा ३३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएपनि हालसम्म ८ जना मात्र पक्राउ परेका छन् । पक्राउ परेका मध्ये लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी र उपप्राध्यापक भण्डारी धरौटीमा रिहा भएका छन् ।
अध्यक्ष रमण पौडेल, कार्यकारी अधिकृत किरण अधिकारी, सहकारी सञ्चालक समिति सदस्य गोपाल खनाल, शेयर सदस्य राजु बराल र बुद्धिसागर पौडेल थुनामा छन् ।
सम्बन्धित समाचारः
लेखा संयोजक अधिकारी ७ लाख धरौटीमा रिहा
मित्रमिलन सहकारी ठगी प्रकरणः पूर्व रजिस्ट्रार पराजुलीसहित ४ जना पूर्पक्षका लागि थुनामा
सम्बन्धित खबर
प्रतिभा माविद्वारा व्यवस्थापन संकायका अब्बल विद्यार्थीलाई सम्मान
पत्रकार महासंघ गण्डकी र कास्की भवनमा क्रियाशील पत्रकारले लगाए फेरि ताला
कास्कीमा डेंगीबाट तीनको मृत्यु, ३७ सय बढी संक्रमित
पोखरामा कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकोत्सव मनाइयो
बालबालिकाको स्वास्थ्य परीक्षण, बाल सुधार गृहमा फलफूल वितरण
सुरेशको नेतृत्वमा राष्ट्रिय दलित पत्रकार संघ, कास्की
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग