देशकै ठूलो महानगरपालिका पोखरा महानगरलाई स्मार्ट सिटीको अवधारणामा अघि बढाउने बताइरहँदा वडा नं. १३ प्रविधिमा अघि बढेको छ ।
अब वडाका हरेक ठाउँमा गुगल प्लस र क्युआर स्क्यानमार्फत पुग्न सकिने वडाध्यक्ष किरण बरालले जानकारी दिए । वडाका विविध स्थानका लागि उक्त सेवा उपलब्ध रहेको उनले बताए । ‘वडाका विभिन्न ठाउँमा आउने नागरिकलाई बाटो पत्ता लगाउन सहज होस् र गन्तव्यमा पुग्न मदत पुगोस् भन्दै गुगल प्लस र क्युआर स्क्यानको व्यवस्था गरिएको हो ।’, उनले भने ।
गुगल प्लस र क्युआर स्क्यानको प्रयोगबाट पोखरा १३ मा प्रवेश गर्ने हरकोहीले स्थान र चाहेको लोकेशन सहजै प्राप्त गर्ने उनले बताए । श्रृङखलाबद्ध वडाको विकासमा आफु सँगै रहेको र वडाबासीका लागि नयाँनयाँ काम गर्ने विषयमा तत्पर रहेको भनाई उनको छ ।
नापी कार्यालय कास्कीको सहयोगमा वडाले ठाउँ पत्ता लगाउन गुगल प्लस र क्युआर स्क्यान राखेको हो । नागरिकको सेवामा वडा क्रियाशिल छ । गतिविधि बढाउँदै नागरिकलाई सुसूचित बनाउने बाटोमा पोखरा १३ लागिरहेको उनले उल्लेख गरे ।
आगामी समय पनि यस्ता कार्यक्रमले निरन्तरता पाउने प्रतिबद्धता जनाए ।
This will close in 3 seconds
सम्बन्धित खबर
समाजसेवी एवं शिक्षासेवी प्रेमराज पहारीको निधन
पोखरा उद्योग वाणिज्य संघमा ६ जना निर्विरोध
घरदैलोमा ब्यस्त अर्जुन पोखरेल समूह
सिर्जनशीलताले नमुना बनेको हेमजा स्वास्थ्यचौकी
पोखरा ३२ मा प्रदूषण बढेपछि कक्षाकोठा छोडेर मन्दिरमा पढ्दै विद्यार्थी
पोखरामा तराईबाट दूध ल्याएर लोकल अर्गानिक भन्दै बिक्री
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग