एसआई यूकेको भोलि सोमबार पोखरामा ‘यूके एजुकेशन फेयर’

एजुकेशन फेयर

एसआई यूकेको भोलि सोमबार पोखरामा ‘यूके एजुकेशन फेयर’

फेयरमा सहभागी विद्यार्थीले तुरून्तै अफर लेटर पाउने र छात्रवृत्ति पनि प्रदान गरिने एसआई यूकेको दाबी

uk fair

शैक्षिक परामर्शदातृ संस्था एसआई यूकेले‌ भोलि सोमबार पोखरामा ‘यूके एजुकेशन फेयर २०२४’ गर्दैछ । फेयरमा सहभागिता जनाउन बेलायतका ३५ विश्वविद्यालयका प्रतिनिधिहरू पोखरा आइपुगेका छन् ।

फेयरमा विद्यार्थीलाई बेलायतको शिक्षा नीति, विश्वविद्यालयले दिने सुविधा, छात्रवृत्ति, त्यहाँको बसाई र रोजगारीका अवसरबारे विश्वविद्यालयका प्रतिनिधिले नै जानकारी दिनेछन् । फेयरमा सहभागी विद्यार्थीले तुरून्तै अफर लेटर पाउने र छात्रवृत्ति पनि प्रदान गरिने एसआई यूकेको दाबी छ ।

सोमबार पोखराको चिप्लेढुङ्गास्थित यूएफओको अगाडि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको माथिल्लो तलामा रहेको कार्यालयमा यूके एजुकेशन फेयर हुने‌ एसआई यूकेका निर्देशक विनय अधिकारीले बताए ।

एसआई यूकेबाट एप्लाई गर्ने विद्यार्थीले मास्टर्स पढ्न जाँदा डिपेण्डेन्ट पनि लिन पाउने सुविधासहितको अफरसहित पोखरा आएको अधिकारीको भनाई छ ।

एसआई यूकेबाट एप्लाई गर्ने विद्यार्थीलाई बेलायतमा खाने, बस्नेसहितको सुविधा पनि दिने दाबी गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds