पोखरामा अबैध काठसहित सवारी साधन नियन्त्रणमा

पोखरामा अबैध काठसहित सवारी साधन नियन्त्रणमा

viber_image_2024-01-31_18-29-01-558

पोखरा । कास्की प्रहरीले पोखरा महानगरपालिका –१९ भुनपुरेमा अबैध काठसहित जीप नियन्त्रणमा लिएको छ ।

बुधबार बिहान साढे १० बजे पुरनचौरबाट लामाचौरतर्फ आउँदै गरेको ग २ च ५३५७ नं. को बोलेरो जीपलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त जीपमा अबैध रुपमा चिरुवा काठ (फल्याक) २७२ थान लोड गरी ल्याएको र उक्त काठको प्रयोजन खुल्ने कुनै कागजात नभएको हुँदा नियन्त्रणमा लिइएको जनाइएको छ ।

नियन्त्रणमा लिइएको जीप र जीप धनीलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि डिभिजन वन कार्यालय बगर कास्की पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds