काठमाडौँ । साहित्यकार दीपक समीपको लघुकथासङ्ग्रह ‘नदीको राजमार्ग’ को लोकार्पण गरिएको छ । काठमाडौँको सर्वनाम थियटरमा आयोजित एक विशेष कार्यक्रमकाबीच उक्त कृतिको लोकार्पण भएकाे हाे ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले उक्त कृति लोकार्पण गरे । कृति लोकार्पण गर्दै राईले साहित्यकारहरू सरकार र संविधानभित्रका कमजोरीमाथि समेत प्रहार गर्ने सामर्थ्य राख्छन् । मान्छेको जीवन आफैँमा कथैकथाको कथा भएको र मानव जातिको विविधतासँगै कथाको विविधता प्रकट हुने पनि उनले बताए । राज्यको उत्पत्तिपछि भाषा राज्यको र जनताको गरी दुई भागमा बाँडिएको उनको भनाइ थियो।
वर्तमानमा कविता, निबन्ध र आख्यानभित्रका कथामा राज्यका कथा अटाएको तर जनताका कथा हराएकाे भन्दै उनले दुःख व्यक्त गरे । त्यसैले अब लेखिन बाँकी कथाहरू लेख्नतिर कथाकारहरू लाग्नुपर्नेमा उनको जोड थियो । कार्यक्रमहरू पाठककेन्द्रित बनाइनुपर्ने र एआईसँग जुध्नुपर्ने वर्तमान यथार्थतिर अब सचेततापूर्वक लाग्नुपर्ने आवश्यकता पनि उनले ओैँल्याएँ ।
कृतिमाथि बोल्दै समीक्षक डा. ज्ञानु अधिकारीले थोरै शब्दमा सरल भाषाको मौलिक स्वाद पस्केर कथाकारले आख्यान लेखनमा दह्रो उपस्थिति जनाएको बताइन् । लघुकथा लेखनको मानक सिद्धान्तलाई चुनौती दिएर लेखकले आफ्नो अराजक लेखक व्यक्तित्व स्पष्ट रूपमा प्रमाणित गरेका छन् । उनले भनिन् – “शब्दको जादू लेखकले यसरी चलाएका छन् कि एक एक लघुकथाले तरङ्गित बनाउँछन् ।” कथामा मानव मनोविज्ञान नाटकीय र प्रभावकारी तबरले प्रस्तुत गरिएको छ । यसका कथामा शब्दको मीतव्ययितामा कथाकारले निकै ध्यान दिएको उनले बताइन् ।
त्यस्तै अर्का समीक्षक डा. ईश्वरमणि अधिकारीले सङ्ग्रहमा सामाजिक बेथिति, अराजकता आदिको सजीव चित्रण गरिएको बताए । कथा सकिएपछि पनि कथाको प्रभाव छाडिरहन सक्ने क्षमता कथाकारको रहेको अधिकारीले बताए । वर्तमान युगका राजनीतिक घटनाक्रम र त्यसभित्रका कुरूप परिदृश्य यसभित्रका कथाले छर्लङ्ग पारेका छन् । साथै विविध पात्रका
माध्यमबाट जीवनदर्शन प्रक्षेपण गरेका छन् कथाकारले । मानव जीवनका सन्त्रास, जिजिविषा, अन्धविश्वास, आस्तिकता एवम् लैङ्गिक विसङ्गतिको चित्र मर्मस्परशी ढङ्गले कथामा उनिएको ईश्वरमणिले बताए । समाजका घटनालाई कथामा बुन्ने कलात्मक सामर्थ्य दीपकमा रहेको पनि उनले प्रस्ट्याए । लेखकले कथामा अवचेतन र चेतन मनको संवेदना उद्घाटन कुशल शैलीले गरेको उनले बताए । कथा छोटा भईकन पनि चुट्किला बन्नबाट भने सर्वथा बचेका छन् भन्नेमा उनले जोड दिए ।
लेखक दीपक समीपले पचासको दशकको सुरुआतदेखि तीन दशकसम्मको साहित्यलेखनका अनुभव र अनुभूति प्रसतुत गरे । साहित्य लेखन सुरु भएदेखि अहिलेसम्मका सहयात्रीहरू खचाखच भएको हलमा सबै सहृदयीहरूलाई धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै साहित्यकार प्रतीक ढकालले गजलकार एवम् मुक्तककार समीपलाई आख्यानमा ढुककले स्वागत गर्न पाएकामा खुसी व्यक्त गरे । अध्यक्षता गरेका साहित्यकार भुवनहरि सिग्देलले सामान्य विषयलाई सरल लेखनको शैलीबाट विशिष्ट बनाएर पस्कने दीपकको लेखकीय क्षमताको मुक्तकण्ठले प्रशंसा गरे । कार्यक्रमको सञ्चालन साहित्यकार भवानी खतिवडाले गरेकी थिइन् ।
६६ वटा लघुकथा समाविष्ट ‘नदीको राजमार्ग’ सङ्ग्रहको प्रकाशन पेज टर्नर प्रा.लि., काठमाडौँले गरेको छ ।
साहित्यकार दीपक समीपको यो तेस्रो कृति हो । यसअघि उनका ‘ भूगोलभित्र नकोरिएको देश, गजलसङ्ग्रह (२०६२) र ‘अक्षर अक्षरमा देश , मुक्तकसङ्ग्रह (२०७८) प्रकाशित छन् ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते