म्याग्दीको सदरमुकाम बेनीबजारमा बिहिबार साँझ चक्कु र खुकुरी प्रहार गरी एक युवाको हत्यामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दुई युवा समूहबीचको विवादमा धारिलो चक्कु र खुकुरी प्रहार गरी जिल्लाको रघुगंगा गाउँपालिका–१,बेग घर भई हाल बेनी स्थित पिपलचोक बस्दै आएका २१ वर्षिय सुशिल गर्बुजाको हत्या भएकोमा संलग्नमध्ये चारजनालाई प्रहरीले सार्वजनिक गरेको हो ।
धवलागिरी गाउँपालिका–४ का अमृत पुर्जा, रघुगंगा गाउँपालिका–७ घर भई गलेश्वर बस्ने १९ वर्षिय उत्सव पुन,धवलागिरी–४ घर भई बेनी बस्ने २१ वर्षिय शंकर घर्ती, मंगला गाउँपालिका–२ घर भई बेनी बस्ने २३ वर्षिय प्रविन जिसीलाई पक्राउ गरिएको छ ।
घटनामा संलग्न अन्यको समेत खोजी र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ गरिएका चारैजनालाई जिल्ला अदालत म्याग्दीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिएका छन् ।
घटना दुबैपक्ष बिचको विवाद खुकुरी र चक्कु प्रहारको अवस्थामा पुगेको थियो । बेनी स्थित विभिन्न ठाउँमा लुकेर रहेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको र अभियुक्त र घटनास्थलबाट एक थान चक्कु र एक थान खुकुरी बरामद गरिएको प्रहरीले बताएको छ ।
यी दुई युवा समूहबीच लामो समयदेखि रिसइबीका कारण पटकपटक झडप हुने गरेको स्थानीय बताउँछन् । विहिबार साँझ न्यूरोडमा झडप भएपछि भित्री गल्लीमा सुशिल गर्बुजामाथि खुकुरी प्रहार गरी सख्त घाइते बनाएका थिए । केही समयपछि नै बेनी अस्पतालमा मृत्यु भएका गर्बुजाको शव अस्पतालकै शवगृहमा राखिएको छ । घटनामा संलग्नको पहिचान सहित कडा कारबाहीको माग गर्दै आफन्तले शव उठाएका छैनन् ।
सम्बन्धित समाचारः
म्याग्दीमा चक्कु प्रहारबाट २१ वर्षीय शुशिलको ज्यान गयो
सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला