पोखरामा प्रहरीबीच प्रतिष्पर्धा: एपीएफलाई पुलिसले हरायो

आहा ! रारा पोखरा गोल्डकप:

पोखरामा प्रहरीबीच प्रतिष्पर्धा: एपीएफलाई पुलिसले हरायो

प्रहरीका लागि दुवै गोल मानबहादुर परियारले गरे

police win

पोखरामा जारी २३ औँ आहा रारा पोखरा गोल्डकप फुटबलअन्तर्गत शुक्रबार दुई विभागीय टोली सशस्त्र प्रहरी र नेपाल प्रहरी प्रतिष्पर्धामा उत्रिए ।

सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिताको अन्तिम प्रिक्वाटर फाइनल खेलमा  एपीएफ विरूद्ध नेपाल पुलिसले २–० को सहज जित निकाल्यो।

नेपाल प्रहरीका लागि दुवै गोल मानबहादुर परियारले गरे। उनले १९ औं र ७० औं मिनेटमा गोल गरे।

 कुनै समय फाइनल खेल्ने विभागीय क्लब एपीएफ अहिले  ‘बी डिभिजनमा’ घटुवा भएको छ । सशस्त्रले राम्रो प्रदर्शन गरे पनि गोल भने गर्न सकेन। दुईपटक पाएको फ्रिकिकको अवसर सदुपयोग नहुँदा एपीएफ पराजीत बन्न पुग्यो।

यो जितसँगै नेपाल प्रहरीले क्वाटरफाइनलमा चर्च व्वाइजसँग भेट पक्का गरेको छ।  भोलि देखि क्वाटरफाइनलका खेलहरु हुने भएको छ । शनिबार हुने पहिलो क्वार्टरफाइनलमा थ्री स्टार क्लबले पाहुना टोली भुटानको पारो एफसीसंग खेल्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ