कास्कीमा अबैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने ४ वटा सवारी साधन नियन्त्रणमा

कास्कीमा अबैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने ४ वटा सवारी साधन नियन्त्रणमा

tipar

सांकेतिक तस्बिर

पोखरा । कास्कीमा नदिजन्य पदार्थ चोरी निकासी गरेको अभियोगमा प्रहरीले ४ वटा सवारीसाधन लाई नियन्त्रणमा लिएको छ।

बुधबार कास्कीको रुपा गाँउपालिका –७ पिप्लेबाट ढुङ्गा, गिट्टी, बालुवा जस्ता प्राकृतिक नदिजन्य पदार्थ उत्खनन् गरी चोरी निकासी गरिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय शिशुवा डाँडाकोनाकबाट गएको प्रहरी टोलीले उक्त सवारीसाधन नियन्त्रणमा लिएको हो।

प्रहारीका अनुसार १ त २७५५, ग १ त ७२६९, ग १ त ६१०३ नं. का ट्रयाक्टरहरु र ग १ ख ६०४९ नं. को टिप्परलाई फेलापारी नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएका सवारीका सम्बन्धित धनिलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि रुपा गाँउपालिकाको कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ