बाग्लुङ जिल्ला बाग्लुङ नगरपालिका वडा नं. १३ स्थित पैँयुपाटा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको वार्षिक साधारणसभा तथा छैठौं अधिवेशनले पुनः एकनाथ रेग्मीलाई अध्यक्षमा निर्वाचित गरेको छ ।
उनी निवर्तमान वडा सदस्य पनि हुन् । नेपाली काँग्रेस निकट उनले पुनः अध्यक्षको जिम्मेवारी पाएका हुन् ।
उपाध्यक्षमा नेकपा एमालेका नरसिंह खत्री, सचिवमा नेकपा माओवादी केन्द्रका रुद्रप्रसाद शर्मा , कोषाध्यक्षमा दिवाकर शर्मा, सहसचिवमा गणेश कुँवर निर्वाचित भए । कोषाध्यक्ष र सहसचिव दुवै नेपाली कांग्रेस निकट हुन् ।
सदस्यहरुमासन्तोष कुँवर, धनमाया कुँवर, चित्रराज शर्मा, डोेलनाथ शर्मा, दीपेन्द्र पौडेल, हेमराज शर्मा, रुद्र बहादुर नेपाली, गुमा पाण्डे, शान्ता रेग्मी, बिष्णु प्रसाद रेग्मी, कमला पौडेल, चिरञ्जीवी रेग्मी, कृष्णप्रसाद पौडेल, थमप्रसाद शर्मा रहेका छन् ।
कार्यक्रममा डिभिजन खानेपानी कार्यालय, बागलुङका इन्जिनियर सञ्जय कोइरालाको प्रमुख आतिथ्यता तथा वडा सदस्य सुरज रिजालको विशेष आतिथ्यता रहेको कार्यक्रममा ऋषिराम रेग्मी, डा. रामबहादुर केसी, चन्द्रबहादुर केसी, रेशमबहादुर खत्रीले शुभकामना मन्तव्य राखेका थिए ।
खानेपानी आयोजनामा संस्थापन कालबाट योगदान गरेबापत स्वर्गीय हेमराज पौडेलकी धर्मपत्नी केशरी पौडेल, स्वर्गीय दयाराम उपाध्यायका छोरा रुद्रप्रसाद शर्मा, स्वर्गीय तोयनाथ रेग्मीकी धर्मपत्नी हिराकुमारी रेग्मीका साथै पूर्व अध्यक्ष विष्णुकुमारी गिरी, उपाध्यक्ष दलबहादुर खत्री, धनबहादुर खत्री, आत्माराम पौडेल, जसबहादुर रेग्मी, टंकनाथ रेग्मीलाई सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको थियो ।

सम्बन्धित खबर
नयाँ वर्षमा स्नान गर्न पुगेकी एक महिला कालीगण्डकीमा बेपत्ता
पर्वतमा अन्तरजातीय विवाह गर्ने २८ जोडीलाई नगदसहित सम्मान
संरक्षण अभियन्ता आरके अदिप्त गिरी सम्मानित
पर्वतमा यसवर्ष आलु उत्पादन बढ्ने अनुमान
कालीगण्डकी कोरिडोर सडक : मालढुङ्गा–फर्से खण्ड कालोपत्र
पर्वतका सरकारी स्वास्थ्य संस्था चार महिनादेखि औषधिविहीन
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध