पोखराको नदिपुरमा रहेको पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) मा आइडिया कन्टेस्ट सम्पन्न भयो । कलेजका सातौँ सेमेष्टरमा अध्ययनरत विद्यार्थी सहभागी कन्टेस्टमा उनीहरुले आफ्ना व्यवसायिक योजना प्रस्तुत गरे ।
हेरिटेज क्राफ्ट शिर्षकमा व्यवसायीक योजना प्रस्तुत गरेका एन्जिला सुवेदी, यज्जु शाक्य, गरिमा काफ्ले , रोशनी तिवारी, सारा गुरुङ, अनिशा नेपाली र सृष्टि थापाको समूह सर्वोत्कृष्ट बन्न सफल भयो । एन्जिला केहि दिन अगाडि सार्वजनिक भएको छैटौं सेमेस्टरको नतिजामा पोखरा विश्वविद्यालय टप विद्यार्थी हुन् ।
ब्राइट एण्ड साइन क्लिनिङ शिर्षकमा व्यवसायिक योजना प्रस्तुत गरेका रोशनी कार्की, सिफाली श्रेष्ठ, अन्जली पौडेल र अमिसा भण्डारीको समूह दोस्रो बने ।
प्रथम स्थान हाँसिल गरेको समूहलाई नगद पुरस्कार दश हजार र प्रमाणपत्र तथा दोस्रो हुने समूहलाई नगद छ हजार र प्रमाणपत्र कलेजकी प्राचार्य लिना नेगी श्रेष्ठले प्रदान गरिन् ।
प्रतियोगितामा सहभागी विद्यार्थीहरुको योजनालाई पहिरन ट्रेडिङ हाउसकी प्रबन्ध निर्देशक लक्ष्मी थापा गिरी, मुक्ति इनर्जीका संस्थापक प्रकाश आचार्य र नविल बैंक पोखरा शाखाका प्रमुख प्रदिप पहारीले मूल्यांकन गरेका थिए ।
कार्यक्रमको अध्यक्षता समेत गरेकी कलेजकी प्राचार्य श्रेष्ठले विद्यार्थीहरुलाई रोजगारी खोज्नेभन्दा पनि रोजगारी दिने बनाउन यस्ता कार्यक्रमहरु सहयोगी हुने बताइन् ।
उपप्राध्यापक सुवास मल्लले सञ्चालन गरेको कार्यक्रममा उपप्राध्यापक निकेस कर्माचार्यले विद्यार्थीहरुलाई प्रतियोगिताको नियमहरुबारे जानकारी गराएका थिए ।
सम्बन्धित खबर
‘रास्वपाका नेताहरु घर-घरमा पुगेर सहकारी पीडित बचतकर्तालाई भड्काए’ [विज्ञप्ति]
मानुङकोट घुम्न गएका पोखराका १३ युवाको समूहमाथि खुकुरी आक्रमण र लुटपाट गर्ने ५ पक्राउ
ढोरवाराही मन्दिरलाई धार्मिक गन्तव्यस्थलका रुपमा विकास गरिँदै
पर्यटकको चाप बढ्न नसक्दा पोखराका पर्यटन व्यवसायी चिन्तित
बागलुङमा ५६ हजार ‘मेट्रिकटन’ आलु उत्पादन
अर्जुन कुमालको कप्तानीमा गण्डकी क्रिकेट टोली घोषणा
यो पनि पढौँ
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
आजदेखि लाइसेन्स बोक्न नपर्ने, मोबाइलबाट ट्राफिकले कारबाही गर्न सक्ने
पर्यटन व्यवसायी मिश्रको डेंगु संक्रमणबाट निधन
स्याङ्जामा पूर्वसैनिकको घरमा सकेट बम विष्फोट, पुरी घाइते