हेल्प नेपाल स्पोर्टस् क्लब र विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले टाइगर कप भलिबल प्रतियोगिताको उपाधि जितेका छन् । शनिबार पोखरा रंगशाला परिसरमा भएको पुरुषतर्फको फाइनल खेलमा हेल्प नेपालले आयोजक गण्डकी प्रदशेलाई ३–१ को सेटमा हरायो ।
तीन पाकिस्तानी खेलाडीको साथ पाएको हेल्प नेपालले खेलमा दबाब बनाएको थियो । टोलीले पहिलो सेट २५–१३ र दोस्रो सेट २५–१८ ले जितेको थियो । प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट घरेलु टोलीले २६–२४ ले जितेको हो । चौथो सेटमा हेल्प नेपालले २५–१७ को सहज जित निकाल्दै प्रतियोगिताको ट्रफी पहिलो पटक उचालेको छ ।
जित सगै हेल्प नेपालले समूह चरणमा गण्डकीसँग भोगेको हारको बदला समेत लिएको छ । यसअघि हेल्प नेपाल र गण्डकी एउटै समूहमा रहेका थिए । समूह चरणको खेलमा गण्डकीले हेल्प नेपाललाई ३–२ को सेटले पराजित गरेको थियो । समूह चरणको खेलमा हेल्प नेपाल समूह विजेता र गण्डकी उपविजेता हुनै अन्तिम चारमा आफनो स्थान सुरक्षित गरेका थिए ।
सेमिफाइलनमा हेल्प नेपालले श्रीलंकाको आर्मी टीमलाई ३–१ र गण्डकीले एपिएफलाई सोझो सेटमा पराजित गरेका थिए । विजेता दुवै टोलीले समान पाँच लाख ५५ हजार तथा उपविजेताले दुई लाख ५५ हजार प्राप्त गरेका छन् ।
उपाधिमा एपिएफको ह्याट्रिक
महिलातर्फको उपाधि एपिएफले जितेको छ । चौथो संस्करणसँगै महिलातर्फ एपिएफले उपाधिमा ह्याट्रिक गरेको हो । एपिएफले यसअघि दोस्रो र तेस्रो संस्करणको उपाधि जितेको थियो । फाइनल खेलमा एपिएफले चन्द्रागिरि नगरपालिकाको न्यु डायमन्ड स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । दुवै टोली राष्ट्रिय खेलाडीले भरिएका थिए । एपिएफले खेल २५–२०, २५–१८ र २५–२१ ले जितेको हो । सरस्वती चौधरी, निरुता थगुन्ना चम्किएपछि एपिएफले सहज जित पाएको थियो । प्रतिभा माली, सलिना श्रेष्ठजस्ता खेलाडी टोलीमा रहेपछि न्यु डायमन्डले कमजोर प्रदर्शन गरेको थियो ।
यसअघि एपिएफ समूह ‘ए’ र डायमन्ड समूह ‘बी’को विजेता बन्दै अन्तिम चारमा आफ्नो स्थान बनाएका थिए । सेमिफाइनलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेट र न्यु डायमन्डले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेका थिए ।
एपिएफ र आर्मी तेस्रो
पुरुषतर्फ एपिएफ र महिलातर्फ आर्मीले तेस्रो स्थान हासिल गरेका छन् । तेस्रो स्थानका लागि शनिबार भएको खेलमा एपिएफले श्रीलंका टिमलाई सोझो सेटमा पराजित गर्यो । एपिएफ २५–२३, २५–२१ र २७–२५ ले विजयी भएको हो । महिलातर्फ तेस्रो स्थानका भिडन्तमा आर्मी ३–१ ले विजयी भयो । आर्मी २५–१७, १८–२५, २५–२० र २५– १९ ले विजयी भएको हो । तेस्रो हुने दुवै टोलीले समान एक लाख २५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गरेका छन् ।
ठगुन्ना र फकर सर्वोत्कृष्ट खेलाडी
पोखरामा भएको चौथो टाइगर कप भलिबल प्रतियोगितामा एपिएफकी निरुता ठगुन्ना र हेल्प नेपालका फकर उद्धिन सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । महिलातर्फ ठगुन्ना र पुरुषतर्फ फरक उत्कृष्ट घोषित भएका हुन् ।
दुवै टिमले टाइगर कप जितेका छन् । फकर पाकिस्तानी खेलाडी हुन् । उनीहरुले ट्रफीसहित जनही २५ हजार ५ सय ५५ नगद पाएका छन् ।
महिला तर्फको उत्कृष्ट स्पाइकरमा एपिएफकी सरस्वती चौधरी, उत्कृष्ट सेटर एपिएफकी जस्मिता महतो, उत्कृष्ट सर्भरमा न्यु डायमन्डकी बाल्मिका आचार्य, उत्कृष्ट ब्लकरमा आर्मीकी सुनिता खड्का र उत्कृष्ट डिफेन्डरमा न्यु डायमन्डकी सलिना श्रेष्ठ घोषित भए ।
पुरुषतर्फ उत्कृष्ट स्पाइकरमा हेल्प नेपालका मजहर अली, उत्कृष्ट सटर मोहम्मद काशिफ, उत्कृष्ट सर्भर गण्डकीका हिमाल सुनारी, उत्कृष्ट ब्लकरमा गण्डकीकै रामास्वामी आङ्गामुथु, उत्कृष्ट डिफेन्डर गण्डकीकै दीपक थापा घोषित भए । पुरुषतर्फ टिपटप हेल्प नेपालका प्रशिक्षक उत्सव खडका र महिलातर्फ एपिएफका महेश चौधरी उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् ।
सबैलाई जनही नगद १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिएको आयोजक टाइगर क्लब पोखराले जनाएको छ ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते