वरिष्ठ गायक तथा साहित्यकार योगेश वैद्यको गएराति निधन भएको छ । लामो समयदेखि मधुमेहबाट पीडित ७७ वर्षीय उनको सुन्धारास्थित काठमाडौँ भ्याली अस्पतालमा उपचारका क्रममा राति १२:३० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि केही समय नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान नक्सालमा राखिने र आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी दिइएको छ ।
करिब पाँच सय नेपाली गीत तथा झन्डै एक सयभन्दा बढी नेपाल भाषाको गीतमा स्वर दिएका उनी पछिल्लो समय पक्षघातसम्बन्धी समस्या समेत झेलिरहेका थिए । गायक वैद्यको केही समयअघि मिर्गौलासमेत प्रत्यारोपण गरिएकामा केही दिनदेखि रुघाखोकीबाट ग्रसित थिए । विसं २००३ मा नरदेवीमा जन्मिएका उनको पहिलो रचना ‘कति प्यासी छ जिन्दगी’ बोलको नेवारी र ‘सपना भुलाई सारा’ बोलको गीत निकै लोकप्रिय छन् ।
राष्ट्रिय गीत सम्मेलनमा प्रथम तथा छिन्नलता गीत पुरस्कार, विख्यात त्रिशक्तिपट्ट प्राप्त गरेका साहित्यकार वैद्यका विभिन्न कृति समेत प्रकाशित छन् । उनका श्रीमती, दुई छोरी र एक छोरा छन् ।
सम्बन्धित खबर
राउटे युवक वृषबहादुरको मृत्यु, जनसङ्ख्या १३४ मा झर्यो
संविधान संशोधनमा कांग्रेस-एमाले गम्भीर बने हामी पनि भाग्दैनौँ : प्रचण्ड [अन्तर्वार्ता]
संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ: प्रधानमन्त्री ओली
आजदेखि धरहरा चढ्न पाइने, हाललाई प्रवेश निःशुल्क
आज संविधान दिवस हर्षोल्लासका साथ मनाइँदै
आज देशभरको मौसम कस्तो रहन्छ?
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग