ग्यालेक्सी फोर के टेलिभिजनका अध्यक्ष जीवी राई र पूर्व सञ्चालक रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी परेको छ ।
टेलिभिजनका अध्यक्ष राई र तत्कालीन एमडी तथा रास्वपा सभापति लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै युवराज पौडेल ‘सफल’ ले उजुरी दर्ता गराएका हुन् ।
‘सहकारी ऐनभन्दा बाहिर गई कारोबार गरी सहकारी सम्बन्धी कसुरमा संलग्न उल्लेखित सहकारीका पदाधिकारी, सञ्चालक र गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन ग्यालेक्सी टिभीका सञ्चालक र गोरखा मिडिया नेटवर्कका एमडी रवि लामिछानेलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्न यो निवेदन पेस गरेको छु’, सफलले दर्ता गराएको निवेदनमा उल्लेख गरिएको छ ।
सफलले सहकारीबाट कर्जा लिँदा-दिँदा गरिएका कर्जा सम्झौता कागज, कर्जा प्रवाह गर्दा गरिएका सहकारीको कर्जा लिनेबारे कम्पनीले गरेको निर्णयको प्रतिलिपि वा सक्कल कागज नै झिकाई आवश्यक अनुसन्धान गर्न समेत सहकारी मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
सम्बन्धित खबर
भोलि र पर्सि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पौने दुई अर्ब रकम जम्मा
चोभारको आदिनाथ मन्दिरमा एक महिने मेला शुरु
यस वर्षको बडादशैँ सकियो
नेपाल लाइफ इन्स्योरेन्सद्वारा बाढी पीडितलाई राहत हस्तान्तरण
लोकसेवा खुल्यो, अधिकृत, उपसचिवदेखि सहसचिवसम्म दरखास्त आह्वान
यो पनि पढौँ
पोखराबाट पर्वत गएको गाडी सडकबाट खस्दा १० जना घाइते
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
दशैंमा तनहुँ ससुराली आएका ज्वाईंको मादीले बगाएर मृत्यु