आज सोमवारदेखि पश्चिमी वायुको प्रभावका कारण सामान्य पानी पर्नसक्ने सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आजदेखि पश्चिमी वायुको प्रभाव अलि बढी हुने भएकाले सामान्य वर्षाको सम्भावना रहेको छ।
उनले भने, ‘रातिदेखि अलि बढी प्रभाव रहने भएकाले सोमवार र मंगलवार सामान्य वर्षाको सम्भावना रहेको छ। तराईमा भने वर्षाको सम्भावना छैन।’
वर्षा भए पनि १० मिलिमिटरभन्दा थोरै नै पानी पर्ने उनको भनाइ छ। सोमवार रातिदेखि गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी भूभागका १/२ स्थानमा सामान्य वर्षा तथा देशका उच्चपहाडी तथा हिमाली भूभागका १/२ स्थानमा हलुका हिमपातको सम्भावना छ।
मंगलवार केही ठाउँमा वर्षा हुनेछ भने कोशी र गण्डकीका केही ठाउँ र बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका १/२ स्थानमा हलुका हिमपातको सम्भावना रहेको मौसमविद् अधिकारीले बताए।
उनका अनुसार तराईमा लागिरहेको हुस्सुसमेत भोलिदेखि हट्दै जानेछ। उनले भने, ‘तराई क्षेत्रमा वायुमण्डल स्थिर रहँदा वाहानदेखि हुस्सु लागेको छ। पश्चिमी वायुको प्रभावका कारण वायुमण्डल चलायमान हुने भएकाले तराई क्षेत्रमा लागेको हुस्सु हट्दै जानेछ।’
सम्बन्धित खबर
नेपाल आज विश्वकै दोस्रो बढी प्रदूषित देशको सूचीमा
आजको मौसमः देशका अधिकांश भागमा सफा रहने
आइतबारदेखि मौसम क्रमिक रूपमा सुधार हुने
हवाई उडान प्रभावित, परराष्ट्रमन्त्री सवार जहाजसहित तीन जहाज डाइभर्ट
पोखरामा बढ्यो प्रदूषण, बन्याे देशको प्रदूषित सहर
पाथीभरासहित ताप्लेजुङको उच्च क्षेत्रमा हिमपात
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु