तनहुँको अम्रेनिमा ट्रक संग २ वटा मोटरसाइकल ठोक्किदा चालक गम्भीर घाइते, घाइतेको पोखरा र दमौलीमा उपचार हुदै

तनहुँको अम्रेनिमा ट्रक संग २ वटा मोटरसाइकल ठोक्किदा चालक गम्भीर घाइते, घाइतेको पोखरा र दमौलीमा उपचार हुदै

Amreni Accident Bike Truv=ck
तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका वडा नम्बर १ अम्रेनिमा शनिबार साझ ट्रक संग २ वटा मोटरसाइकल ठोक्किदा मोटरसाइकलका चालक द्वय गम्भीर घाइते भएका छन् ।
डुम्रे बाट दमौली तर्फ आउदै गरेको ना १ क २१५२ नम्बरको ट्रक संग सोहि दिशा बाट आउदै गरेको ग १३ प ६४५६ र ग १३ प ५२०४ नम्बरको मोटरसाइकल ट्रक संग ठोक्किदा उक्त दुर्घटना भएको हो । उक्त दुर्घटनामा घाइते हुनेमा व्यास १ भादगाउँ बस्ने वर्ष १८ को प्रविन थापा र सोहि स्थान बस्ने वर्ष १८ कै बिबेक खाती रहेको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा परि घाइते हुने एक जना मोटरसाइकलका चालकको पोखरामा र अर्काको दमौली स्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक लाइ मोटरसाइकलले ओभरट्याक गर्न खोज्दा उक्त दुर्घटना भएको र मोटरसाइकलको अघिल्लो भागका क्षति पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ