दमौलीमा खुकुरी हानी फरार रहेका म्याग्देका थापा १० महिना पछी पक्राउ, फरार अन्यको खोजि हुदै

दमौलीमा खुकुरी हानी फरार रहेका म्याग्देका थापा १० महिना पछी पक्राउ, फरार अन्यको खोजि हुदै

pakrau-3

तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं. ४ स्थित जोशी पेट्रोल पम्प नजिक गत २०७४ असोज १८ गते राति व्यास नगरपालिका वडा नं. १० बस्ने बर्ष २६ का बिजय थापालाई खुकुरी प्रहार गरी सख्त घाईते बनाई फरार रहेको प्रतिवादी लाइ जिल्ला प्रहरी कार्यालय तनहुले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका वडा नं. २ बस्ने बर्ष २४ का मिलन थापा रहेको प्रहरीले जनाएको छ । ज्यान मार्ने उद्योग मुद्दाको प्रतिबादी मिलन थापा मगरलाई निरन्तर खोजतलासको क्रममा बिहिबार म्याग्दे गाउँपालिका वडा नं. २ निर्मल बस्ती स्थितमा लुकी छिपी बसेको अबस्थामा १० महिना पछी प्रहरीले पक्राउ गरेको हो ।

थापा लाई पक्राउ गरी जिल्ला अदालत तनहुँबाट म्याद थप अनुमित लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । साथै सो मुद्दामा संलग्न रही फरार रहेका अन्य प्रतिबादीहरुको खोजतलास भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds