पोखराको समस्याग्रस्त सहकारी मित्रमिलन सहकारीका लेखा समिति संयोजक सूर्य अधिकारी पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका– ९ नयाँबजारस्थित मित्रमिलन बचत तथा ऋण सहकारी संस्थामा भएको ठगी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले लेखा सुपरिवेक्षण समितिका संयोजक सूर्यबहादुर अधिकारीलाई पक्राउ गरेको हो । सहकारीको रकम हिनामिनाको आरोपमा दोषी देखिएका अधिकारी प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि फरार थिए ।
५७ वर्षीय अधिकारीलाई प्रहरीले बुधबार पोखरा महानगरपालिका– १३ कसेरीस्थित घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए । पक्राउ परेका अधिकारीलाई बुधबार नै प्रहरीले अदालतमा उपस्थित गराएकोमा अदालतको काम नसकिएपछि हाल प्रहरी हिरासतमा राखिएको विकले जानकारी दिए ।
सहकारी ठगीमा संलग्न भएको आरोप लागेका ६ जना यसअघि पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । कास्की प्रहरीले सहकारीमा ३१ करोड ७८ लाख रकम हिनामिना भएको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा ८ पुसमा पेस गरेको थियो ।
प्रहरीले सहकारीमा भएको ठगीको अनुसन्धानसँगै बचतकर्ताले दिएको उजुरीका आधारमा सो रकमबराबरको बिगो दाबी गर्दै प्रतिवेदन तयार गरी पेस गरेको थियो । त्यसअघि ६ पुससम्म गरी सात सय १४ वटा बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए ।
ती जाहेरीमा उल्लेख भएका रकम जोड्दा २० करोड ५० लाख ८२ हजार १९ रुपैयाँ ३२ पैसा पुगेको थियो । सहकारीमा कुल बचतकर्ताको संख्या तीन हजार चार सय ४६ जना रहेकोमा प्रहरीमा परेको जाहेरीसँगै प्रतिवेदन, अन्य ठगी भएको रकम र उजुरी दिन नआएका बचतकर्तासमेतको रकम हिसाबसँगै आवश्यक अन्य अध्ययनपछि ३१ करोड ७८ लाख ठगी भएको निष्कर्षसहित प्रतिवेदन तयार गरेर बुझाएको विकले जानकारी दिए ।
सहकारीको रकम हिनामिना प्रकरणमा जोडिएपछि पक्राउ परेका पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीसहित ४ जनालाई जिल्ला अदालत कास्कीले पुस १७ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्वरजिस्ट्रार पराजुलीसहित सहकारी सञ्चालक गोपाल खनाल, बुद्धिसागर पौडेल र राजु बराललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
सहकारीका अध्यक्ष रमण पौडेल र कार्यकारी अधिकृत किरण अधिकारी पनि पुर्पक्षका लागि थुनामा छन् । कात्तिक ४ पक्राउ परेका अध्यक्ष पौडेल र कार्यकारी अधिकृत अधिकारीको बयानको आधारमा कुश्माका प्रमुख प्रसाशकीय अधिकृत पराजुली तानिएका हुन्।
मित्रमिलन सहकारी प्रकरणमा पोखरा महानगरपालिका–२१ का वडाध्यक्ष दीपक सुवेदी लगायतलाई पक्राउ ३२ जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। हालसम्म ७ जना पक्राउ परेका छन्। २५ जना अझै फरार छन्।
जसका विरुद्ध जाहेरी छ
रमण पौडेल, विजय लम्साल, कुशल पौडेल, भीमलाल पौडेल, गोपाल खनाल, संगीता रेग्मी सुवेदी, रनिता थापा, सूर्यबहादुर अधिकारी, प्रतीक लामिछाने, जनकराज पौडेल, किरण अधिकारी, सुजन आचार्य, भुवन पौडेल, लालबहादुर घर्ती, सञ्जय पौडेल, खुमानन्द (अभिषेक) काफ्ले, अर्जुन गिरी, दीपकप्रसाद सुवेदी, विष्णुप्रसाद भण्डारी, भरत भट्टराई, सुवास अधिकारी, वामदेव सुवेदी, जनकल्याण पराजुली, बुद्धिसागर पौडेल, राजु बराल, कृष्णबहादुर राउत, हरेराम भण्डारी, कुमार मगर, सुरेशकुमार श्रेष्ठ, जीवनाथ पराजुली
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते