पोखरा । एथलेटिक्सको विकासका लागि हरिबहादुर थापाको नेतृत्वमा पोखरा महानगरपालिका एथलेटिक्स संघ गठन भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिअन्तर्गत रहने गरेर थापाको नेतृत्वमा बुधबार ७ सदस्यीय कार्यसमिति बनेको हो ।
उपाध्यक्षमा गोपाल थापा, सचिवमा मनिषा अधिकारी, कोषाध्यक्षको जिम्मा रामबहादुर ढकाललाई दिइएको खेलकुद विकास समितिका सदस्य सचिव सुबास खड्काले जानकारी दिए । सदस्यमा श्यामबहादुर श्रेष्ठ, सर्मिला थापा, बिराज थापा चुनिएका छन् । पोखरा महानगरपालिका खेलकुद विकास ऐन, २०७५ ले महानगरस्तरीय खेल संघ गठन गर्न सकिने व्यवस्था गरेको छ ।
संघ गठन कार्यक्रममा बोल्दै खेलकुद विकास समिति अध्यक्ष दीपकबहादुर गोदारले खेलकुद क्षेत्रको विकास गर्न वडा तहसम्म समिति आवश्यक रहेको र त्यसैअनुसार समिति गठन गरिएको बताए । भलिबल, बास्केटबल, बुद्धिचाल, ह्याण्डबल क्रिकेट, जुडो, सेपाक्ताक्रोसहित १२ वटाभन्दा बढी संघ गठन भएको र यी समितिले काम गर्दा प्रतियोगिता आयोजना र व्यवस्थापन सहज भएको उनले सुनाए ।
सम्बन्धित खबर
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
अर्जुनचौपारीमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव हुने
यु–१९ विश्वकपमा छनौट भएकी रचना र क्रिकेटर दीपेशलाई पोखरामा सम्मान
अर्जुनचौपारीले यु-१९ विश्वकप खेल्ने स्याङ्जाका खेलाडीलाई पुरस्कृत गर्ने
नेपालले अफगानिस्तानलाई २-० गोलले हरायो
नेपालले कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले हरायो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते