लापरवाही ढङ्गले कार चलाएर दुई युवतीको ज्यान लिएको आरोप लागेका बानियाँ कारागार चलान

दुर्घटना

लापरवाही ढङ्गले कार चलाएर दुई युवतीको ज्यान लिएको आरोप लागेका बानियाँ कारागार चलान

man bahadur baniya

पोखरा । लापरवाही ढंगले कार चलाएर दुई युवतीको ज्यान लिने मानबहादुर बानियाँ पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला अदालत कास्कीमा आइतबार भएको थुनछेक बहसका क्रममा न्यायाधीश ऋषिराम आचार्यको इजलासले कारचालक बानियाँलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

गत मंसिर २४ गते आइतबार दिउँसो सवा ४ बजे पृथ्वीराजमार्ग अन्तर्गत लेखनाथको सुन्दरीबजारमा मानबहादुरले चलाएको कारले विपरित दिशाबाट आईरहेको स्कुटरलाई ठक्कर दिदाँ दुई युवतीको ज्यान गएको थियो ।

सो दुर्घटनामा गण्डकी मेडिकल कलेजमा अध्ययनरत पोखरा–५, जिरोकिमीकी २४ वर्षीया भावना बराल र पोखरा–२५, हेमजाकी २३ वर्षीया अनिशा खड्काको मृत्यु भएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार अर्घौं निवासी कार चालक बानियाँले अनियन्त्रित ढंगले कार हाँक्दै विपरित दिशामा पुगेर स्कुटरलाई ठक्कर दिदाँ सो दुर्घटना भएको थियो ।

सम्बन्धित समाचारः

पोखरामा कारको ठक्करबाट स्कूटरमा सवार हेम्जाकी अनिशा र जिरोकी भावनाको मृत्यु

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds