पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको अरोप लागेका शिवबहादुर गुरुङ (महेन्द्र भोटे) अदालतमा उपस्थित भएका छन् ।
भदौ २५ गते पक्राउ पुर्जी जारी भएपछि फरार भोटे र अर्याल कानुन व्यवसायीका साथ मंगलबार अदालतमा हाजिर भएका हुन् । गुरुङको साथमा सहकारीका आइटी प्रमुख भविश्वर अर्याल पनि उपस्थित भए ।
उनीहरु विरुद्ध आज थुनछेक बहस भयो । कास्की प्रहरीले बहस नसकिएका कारण अहिले दुवै जना प्रहरी हिरासतमा रहेको बताएको छ । भोटे र अर्यालको मंगलबार अदालतमा बयान लिइएको र बुधबार पनि जारी रहने प्रहरीले जनाएको छ ।
कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार विकले गुरुङ र अर्याल आफै अदालत उपस्थित भएको बताए । अब दुवै जना प्रहरी नियन्त्रणमा आइसकेकाले बाँकी कुरा अदालतको फैसला अनुसार हुने उनले बताए ।
सहकारीका अध्यक्ष जिबी राइसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएकोमा १५ जना अझै फरार छन् ।
यसअघि पक्राउ परेका सहकारीका उपाध्यक्ष कैलाश दर्लामी र कोषाध्यक्ष कुमार रम्तेल पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।
सम्बन्धित खबर
कलाकार भिसामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा ‘इकु’ पक्राउ
पोखरामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, कुँवर पक्राउ
पोखरामा लागूऔषध सहित १ जना पक्राउ
रोल्पामा बन्दुकको कुन्दाले हानेर ७१ वर्षीय वृद्धको हत्या
२२ वर्षीया युवतीको हत्या अभियोगमा खाँ पक्राउ
मोरङको केराबगानमा दुई बालिका मृत फेला, आमा फरार
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग