पोखरा । उच्च माविहरुको छाता संस्था (हिसान) गण्डकीले आयोजना गरेको प्रदेशस्तरीय निबन्ध लेखन प्रतियोगितामा पोखराको पालिखेचोकस्थित प्रतिभा माविकी छात्रा अनुष्का आचार्य प्रथम भएकी छन् ।
त्यस्तै तालचोकस्थित डायमन्ड माविकी कला भूजेल द्वितीय र करुणानिधी एजुकेसन फाउन्डेसन (केफ)की कृतिका गौतमले तेश्रो स्थान हात पारेकी छिन् । मासबारको स्टेप बाइ स्टेप विद्यालयकी निशा पोखरेल चौथो बनिन् ।
विद्यार्थीमा भएको क्षमता बाहिर ल्याउने उद्देश्यले निवन्ध प्रतियोगिता आयोजना गरेको कार्यक्रम संयोजक तथा हिसान गण्डकीका सचिव डा. पुन्यप्रसाद शर्माले जानकारी दिए ।
गण्डकी हिसानका अध्यक्ष रमाकान्त बरालको अध्यक्षतामा भएको कार्यक्रममा हिसानका केन्द्रीय उपाध्यक्ष बाबुराम पन्त प्रमुख अतिथि थिए । पन्तले विद्यार्थीको क्षमता बाहिर ल्याउन यस्ता गतिविधि आवश्यक पर्ने बताए ।
निवन्ध प्रतियोगिताका विजयी छात्राहरुलाई हिसान गण्डकीको अधिवेशनको अवसरमा पुरस्कार प्रदान गरिने पनि शर्माले बताए ।
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते