निस्सिम थापा सोसिओलोजी अवार्ड तथा प्याराग्लाइडिङ अवार्ड प्रदान

अवार्ड तथा सम्मान

निस्सिम थापा सोसिओलोजी अवार्ड तथा प्याराग्लाइडिङ अवार्ड प्रदान

पाइलट अमन थापालाई २० हजार, समाजशास्त्रकी उत्कृष्ट सुशीला शर्मालाई १५ हजारसहित सम्मान

nissima thapa award

पोखरा । निस्सिम थापा फाउन्डेसनले शुक्रबार प्रथम साधारण सभा तथा पुरस्कार वितरण कार्यक्रम गरेको छ । निस्सिम थापा एमए सोसिओलोजी अवार्ड तथा निस्सिम थापा प्याराग्लाइडिङ अवार्ड गरी २ फरक विधामा फाउन्डेसनले उत्कृष्टताका आधारमा उक्त अवार्ड प्रदान गरेको छ ।

फाउन्डेसनले निस्सिम थापा सोसिओेलोजी अवार्ड २०८० पृथ्वीनारायण क्याम्पस समाजशास्त्र संकायतर्फकी एमएकी विद्यार्थी सुशीला शर्मालाई सम्मानपत्र तथा १५ हजार रुपैयाँ नगद प्रदान गरेको छ । उनले यस वर्षको अन्तिम परीक्षामा एमए समाजशास्त्रतर्फको कुल प्राप्ताङकमा उत्कृष्ट नतिजा प्राप्त गरेकी थिइन् । समाजशास्त्र विभागका विभागीय प्रमुख प्राध्यापक शिवबहादुर थापा तथा सोही विभागका प्राध्यापक नेत्र नारायण पौडेलको सिफारिसबाट उनलाई फाउन्डेसनले उक्त अवार्ड प्रदान गरेको हो ।

फाउन्डेसनले प्याराग्लाइडिङतर्फ देशविदेशका विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी भई उत्कृष्टता प्रदर्शन गरेका प्याराग्लाइडिङ पाइलट अमन थापालाई सम्मानपत्र तथा २० हजार रुपैयाँ नगद प्रदान गरेको छ । उनले हालैमात्र भारतको नर्र्वानामा सम्पन्न प्याराग्लाइडिङ सोलो प्रतियोगितामा गोल्ड मोडल प्राप्त गरेका छन् । पाइलट क्लब पोखराका पाइलटहरुको सिफारिसका आधारमा उनलाई निस्सिम थापा फाउन्डेसनले उक्त अवार्ड वितरण गरेको थियो ।

पाइलट निस्सिम थापासँग सोलो फ्लाइटहरु सँगै गर्ने गरेको, निस्सिमबाट सोलो उडान सम्बन्धी धेरै अनुभवहरु सिकेको तथा धेरैपटक उचाइहरुमा एक्लै जाने गरेको थापाले सुनाए । निस्सिम आफ्नो प्रेरणाको स्रोतसमेत रहेको उनले बताए । अन्तिम पटक निस्सिमले आफूलाई दिएको प्याराग्लाइडिङ हार्नेस आफूले निकै जतनले राखेको पनि थापाले सुनाए । त्यही हार्नेस प्रयोग गरी सन् २०२३ मार्च महिनामा भारतमा सम्पन्न प्यााराग्लाइडिङ प्रतियोगितामा भाग लिएको उनले बताएका थिए ।

एसओएस बालग्राम गण्डकीका योजना निर्देशक प्रदीपभक्त आचार्यले कार्यक्रम उद्घाटन गरेका थिए । पृथ्वाीनारायण क्याम्पसका समाजशास्त्रतर्फका प्राध्यापक नेत्रनारायण पौडेल कार्यक्रममा अतिथि थिए । कार्यव्रmम सञ्चालन फाउन्डेसनको तर्फबाट कोषाध्यक्ष रीता पौडेलले गरेकी थिइन् ।

कार्यक्रममा फाउन्डेसनका तर्फबाट सदस्यहरु रोजिना खातुन, न्यान्सी गुरुङ, सुबिना गुरुङ, मलिका गुरुङ, विमला छेत्री, मनीषा गुरुङ, शशि थापा मगर, रुपा नेपाली, सीता रानामगर, सुजाता गुरुङले ‘सम्बोधन तिमीलाई’ नामको गीत गाएर पाइलट निस्सिम थापाप्रति श्रद्धान्जली व्यक्त गरेका थिए । रिजवाटर स्कुलका विद्यार्थीहरुले दुईवटा अन्य गीतहरु गाई श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

फाउन्डेसनकी उपाध्यक्ष सावित्री थापा मोक्तानले आफूहरुले निस्सिमको न्यायका लागि लागि पर्ने तथा प्याराग्लाइडिङ क्षेत्रका सरोकारवाला निकायहरुले हरेक राष्ट्रिय प्रतियोगिताहरु आयोजना गर्दा कानुनको परिपालना गर्नुपर्ने, उडान मैदानहरुको स्थलगत निरीक्षण गर्नुपर्ने, पाइलटहरुको सोलो इन्सुरेन्स गराउनुपर्ने, नागरिक उड्डयन प्राधिकरणको अनुमति लिनुपर्ने, राखेपबाट गैरसंवैधानिक रुपमा प्रतियोगिता सञ्चालन गर्न नपाइने तथा केसी कन्स्ट्रक्सनले ब्लुस्काई टेकअफ मैदान भाडामा लगाई सोही मैदानभित्रको ठूलो क्षेत्रफलमा अनधिकृत रुपमा जोखिम संरचनाहरु बनाइएकोमा जवाफदेहीता लिनु पर्ने बताइन् ।

संस्थाका अध्यक्ष प्रकाश थापाले निस्सिम थापा फाउन्डेसनले सम्पूर्ण प्याराग्लाइडिङ पाइटहरुको सुरक्षा मापदण्डहरु, जीवनबिमा, कानुनको पालनाका लागि फाउन्डेसन सदैव लागिरहने तथा सरोकारवाला पक्षहरुको जवाफदेहिताका लागि आवश्यकीय एवं कानुनसम्मत पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुका साथै फाउन्डेसनले शिक्षा क्षेत्रमा अनुसन्धानात्मक एवं सिर्जनशीलताको क्षेत्रमा सकारात्मक योगदान पुर्यारउने विद्यार्र्थीहरुलाई साथै प्याराग्लाइडिङ विधामा उत्कृष्ट योगदान गरी नेपालको नाम विश्व जगतमा चिनाउन योगदान पुर्यारउने पाइलटहरुलाई सम्मान तथा अवार्डहरु प्रदान गर्ने जानकारी दिए ।

कार्यक्रममा मन्टेश्वरी एसोसिएसन कास्कीका संस्थापक अध्यक्ष अरुणा शेरचन, म्याक कास्कीका अध्यक्ष साल्भी मरसानी, तथा सल्लााहकारहरुमा कुलप्रसाद सुवेदी, भवानी अधिकारी, सहसचिव रीता सुवेदी तथा कार्यसमितिका सदस्यहरुको सहभागिता थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds