पोखरा । पोखरा आउने पर्यटकलाई क्रिसमस र अंग्रेजी नयाँवर्षलाई लक्षित गरेर तीन ठूला कनर्सटको आयोजना गर्न लागेको छ । आन्तरिक तथा विदेशी पर्यटकलाई लक्षित गरेर क्रिसमसमा नबिन के. भट्टराई, नयाँ वर्षमा स्याडोज र द इलिमेन्ट्स ब्याण्डले मनोरञ्जन दिनेछन् ।
‘क्रिसमस’ र नयाँ वर्षको स्वागतार्थ कार्यक्रमको आयोजना गरेको प्यारोडिसोका म्यानेजर हरि पौडेलले बताए । पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा पुस ९ साँझ लाइभ कन्सर्ट मार्फत नबिन के. भट्टराई दर्शकमाझ आउँदैछन् ।
युवा पुस्ताका गायक नविन के. भट्टराई एक फरक शैलीमा गीत गाउने गायकका रुपमा पनि चिनिन्छन् । गायक भट्टराईले तिमी हौ लाखौंको धड्कन, साँझ पख, रात बित्यो, चाहना छ एउटै मेरो, सम्झिरहन्छु, सयौं लास टेकेर, साँझापखा, दोबाटोमा, तिमीले हेर्दा कसैलाई जस्ता चर्चित गीतबाट दर्शकलाई मनोरञ्जन दिने छन् ।
मध्यरातसम्म लाइभ कन्सर्ट चल्ने छ । कार्यक्रमको टिकट १ हजार र ५ सय रुपैँया पौडेलले बताए । उनले क्युआरकोड प्रयोग गरेर ई-सेवाबाटै अग्रिम टिकट लिन र अग्रिम टेबल बुकिङ गर्न सकिने बताए ।
नवीन के भट्टराईले सन् १९९० बाट आफ्नो सांगीतिक करियर सुरु गरेका हुन् । उनले “द स्टिल ह्वील“ ब्यान्डबाट गायक र रिदम गिटारवादकको रूपमा गरेका थिए । उनलाई पप स्टारका रुपमा दर्शकले चिन्दै आएका छन् । उनले नेपाली सांगितीक क्षेत्रमा विभिन्न म्युजिक अवार्ड र पुरस्कार समेत जितेका छन् ।
त्यसै गरी पुस १४ गते ‘द स्याडोज नेपाल’ को प्रस्तुती रहेको छ । स्याडोजका चर्चित गीतहरु ‘स्वर्गमा ठाउँ छैन’ ‘नयाँ नेपाल’, ‘हिँड्ने मान्छे लड्छ’, ‘धर्ति माथिको बोझ’, ‘आठ दिन’, ‘अवसाद’, ‘नारी’ ‘पाप’, ‘के पाइस नेपाली ?’ लगायतका गितले दर्शकहरुलाई झुमाउने छ ।
सन् १९९७ मा स्थापना भएको चितवनको ब्याण्ड ‘द स्याडोज नेपाल’ सक्रिय रहेको छ । नेपाल सहित विभिन्न देशमा व्याण्डले कन्र्सट गर्दै आएको छ । ब्याण्ड सन् २००३ मा ‘सुन हाम्रो आवाज’ एल्बम मार्फत सांगीतिक ब्यवसायमा आएको थियो ।
उसले पहिलो सांगितिक कन्सर्ट नेपालको हेटौंडामा गरेको थियो । ब्याण्डमा स्वप्निल शर्मा (भोकल) प्रकाश रसाईली (लिड गीतार) अमित प्रधान (बेस गीतार) सुजन मानन्धर (गीतार) साहिल रीसेल (ड्रम) रहेका छन् । अहिलेका भोकलिस्ट स्वप्निल शर्माभन्दा अगाडि बसन्त श्रेष्ठ भोकलिस्ट रहेका थिए ।
त्यसैगरी पुस १५ गते दि एलिमेन्टस ब्याण्डले दर्शक नचाउने छन् । व्याण्डमा ईशान ओन्टा गायक, ड्रम्स्मा दिपेश गुरुङ र गीतारमा रौनक सिङ अधिकारी रहेका छन् । उनीहरुले ‘अल्लारे’, बिर्सिने हाउ की, तसैला हिडे म, पुतली, सपनाको मायालु, लगाएतका गीतहरु प्रस्तुति दिने छन् । उनीहरुमा अद्भुत भाइबहरू सिर्जना गर्ने क्षमता रहेको प्याराडिसोका म्यानेजर पौडेले बताए ।
क्रिसमस पछि आउने अग्रेजी नयाँ वर्षका लागि लक्ष्त गर्दै रेवान पोखराले २५ वर्ष देखि सडक महोत्सव गर्दै आएको छ । ५ दिन सम्म सञ्चालन हुने महोत्सवमा विदेशी र स्वदेशी पर्यटकहरु रमाउने गर्दछन् । सडक महोत्सव कै लागि पोखराका लेकसाइडका सडकहरु सजिसजाउ बनेका छन् ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
६५ वर्षीय एक पुरुष मृत फेला
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते