पोखरा महानगर युवा परिषद्को उपाध्यक्षमा न्यौपाने नियुक्त

नियुक्ति

पोखरा महानगर युवा परिषद्को उपाध्यक्षमा न्यौपाने नियुक्त

बिद्यार्थी आन्दोलनबाट खारिएका न्यौपाने क्षमता र शैक्षिक योग्यताले पूर्ण युवा हुन्

Santosh Neupane 1

पोखरा महानगरपालिका, नगर युवा परिषद्को उपाध्यक्षमा सन्तोष न्यौपाने नियुक्त भएका छन् ।

पोखरा महानगरपालिका प्रमुखस्तरीय निर्णय अनुसार नगर युवा परिषद् सञ्चालन कार्यविधि, २०७५ (प्रथम संशोधन) को दफा ३ ख बमोजिम न्यौपानेलाई उपाध्यक्ष पदमा नियुक्त गरिएको पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले जानकारी दिएका छन् ।

नगर युवा परिषद्का नवनियुक्त उपाध्यक्ष न्यौपानेले महानगरपालिका भित्रका युवाहरुको हक, हित र अधिकार संरक्षण एवं सम्वर्द्धनका साथै युवाहरुको ज्ञान, सीप र क्षमतालाई उपयोग गर्न लागिपर्ने बताए ।

उपाध्यक्ष न्यौपाने बिद्यार्थी आन्दोलनबाट खारिएर आएका क्षमता र शैक्षिक योग्यताले पूर्ण युवा हुन् । त्रिवि अन्तर्गतको पृथ्वीनारायण क्याम्पसबाट राजनीति शास्त्रमा स्नातकोत्तर उनले जनसम्पर्क विषयमा पनि स्नातकोत्तर गरेका छन् । कानुनतर्फ एलएलबी गरेका न्यौपानेले विज्ञान संकायमा स्नातक पूरा गरेका छन् ।

पहिलो पाइला नेपाल पोखरा, नमस्ते नेपाल पोखरा शाखा र युथ थिंकर सोसाइटीका संस्थापक सदस्य न्यौपाने अन्य साहित्यिक र सामाजिक संघसंस्थामा क्रियाशील रही अनुभव लिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds