गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरामा धाराको टुटी चोरेको आरोपमा एक युवक प्रकाउ परेका छन् ।
पक्राउ पर्नेमा पोखरा २५ हेम्जा बस्ने २६ वर्षीय सुरज थापा मगर रहेका छन् । उनलाई शंकास्पद अवस्थामा देखेपछि झोला खानतलासी गर्दा धाराको टुटी २८ थान, रेगुलेटर भल्भ ३ थान र टीकाको थाली १ थान फेला परेको प्रहरीले जानकारी दिएको छ ।
ती धाराका सामान हेम्जा स्थित नेवारेखोला तथा झाँक्री स्थान खानेपानी उपभोक्ता समितिको कार्यालयबाट स्थानिय उपभोक्ताहरुलाई वितरण गर्नको लागि स्टोर गरी राखिएको र त्यहीँबाट चोरेको बताइन्छ ।
उपभोक्ता समितिले पुस १ गते खानेपानीको धाराको टुटीहरु थान ६०, रेगुलेटर भल्भ थान १८ चोरी भएको भन्ने बारे प्रहरीलाई सूचना दिएको थियो ।
मगरलाई कास्की जिल्ला अदालतबाट चोरी सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सम्बन्धित खबर
कलाकार भिसामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा ‘इकु’ पक्राउ
पोखरामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, कुँवर पक्राउ
पोखरामा लागूऔषध सहित १ जना पक्राउ
रोल्पामा बन्दुकको कुन्दाले हानेर ७१ वर्षीय वृद्धको हत्या
२२ वर्षीया युवतीको हत्या अभियोगमा खाँ पक्राउ
मोरङको केराबगानमा दुई बालिका मृत फेला, आमा फरार
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग