पोखरा । विभिन्न मुद्दामा फरार रहेका ४६ जना प्रतिवादी पक्राउ परेका छन् ।
मंसिर महिना (०१ देखि ३० गते सम्म) मा जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी ४६ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चेक अनादार मुद्दामा २९ जना, चोरी मुद्दामा २ जना, जुवा मुद्दामा ३ जना, दुशित तथा न्यून स्तरको खाद्यपदार्थ उत्पादन तथा विक्री वितरण मुद्दामा १ जना, सार्वजनिक स्थानमा अभद्र व्यवहार मुद्दामा ४ जना, जालसाझी मुद्दामा ४ जना, साधारण चोरी मुद्दामा १ जना, सवारी अंगभंग मुद्दामा १ जना, अभद्र व्यवहार मुद्दामा १ जना रहेका छन् ।
उनीहरुबाट रु.२ लाख १२ हजार २०० जरिवाना तथा ४ महिना १६ दिन कैद भुक्तान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पक्राउ गरेका उनीहरुलाई कास्की जिल्ला अदालतमा बुझाईएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते