लमजुङ, मध्यनेपाल नगरपालिका–१ का वडा अध्यक्ष सुदिप थापालाई मार्न आफ्नै काका पर्नेले ज्यानमार्ने सुपारी दिएको कुरा रहस्य खुलेको छ । उनका काका ४५ बर्षिय बाबुराम थापाले मान्छे लगाएर १ लाख ५० हजार दिने सर्तमा बैना समेत दिएर ज्यान मार्न सुपारी दिएको रहस्य बाहिरिएको हो ।
वडा अध्यक्ष थापाले शुक्रबार बेसीशहरमा पत्रकार सम्मेलन गर्दै घटनाबारे खुलाएका हुन् । उनले काका बाबुराम थापा र उनका छोरा २३ बर्षिय सागर थापाले घरमै मान्छे लुकाएर राखेरमार्ने योजना बुने र ३/४ पटक मार्ने प्रयास समेत गरेको बताए ।
तनहुँको ब्यास नपा– ७ घर बताउने ३१ बर्षिय रोसन गुरुङले प्रहरी र आफू सामु बाबुराम थापा र निजको छोरा सागरले आफूलाई मार्न भनि १ लाख ५० हजारको सुपारी (बैना) समेत दिई आफूलाई केहिदिन देखि आफ्नो घरमा ल्याएर राखेको कुरा खुलाए ।
सागरको भनाई मोवाइलमा भिडियो रेकर्ड राखेका थापाले भिडियो रेकर्ड सुनाउँदै भने, ‘वडा अध्यक्षलाई विगत ३/४ दिनदेखि मार्ने प्रयास गरेपनि असफल भएको कुरा प्रहरी सामू समेत उनले स्विकार गरे । यतिमात्र होइन बाबुराम र उनको छोरा सागरले समेत यो कुरा सत्य भएको प्रहरी सामु खुलाए ।’
वडा अध्यक्ष थापाले ज्यान मार्ने उद्योगमा कारबाहिको माग सहित बिहिबार जिल्ला प्रहरी कार्यालयमा प्रमाणसहित जाहेरी दिँदा प्रहरीले यो शिर्षकमा जाहेरी लिन नमानेको समेत उनले पत्रकार सम्मेलनमा भनेका छन् । वडा अध्यक्ष थापा शुक्रबार समेत जाहेरी दिन जिल्ला प्रहरी कार्यालय पुगेका छन् ।
जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी इन्सपेक्टर थानेश्वर चपाईले भने ३ जनालाई गएराती नै नियन्त्रणमा लिएका र वडा अध्यक्षले ज्यान मार्ने उद्योगमा मुद्धा चलाउने कुरा गरेकाले आधार पुष्टि हुन आए जाहेरी लिएर अनुसन्धान अघि बढाउने बताएका छन् ।
वडा अध्यक्ष थापाले प्रहरीमा दिएको जाहेरी :-

श्रोत: तगारो न्यूज
सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला