पोखरा वडा नं. ८ सिर्जनाचोकमा रहेको नैना दोहोरी साँझमा बुधबार बिहानै आगलागी भएको छ । मानवीय क्षति भएको छैन । भौतिक संरचनामा क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी निरीक्षक सूर्य रानाका अनुसार बिहान ६ः३५ बजे विद्युत सर्ट भएर आगलागी भएको हो ।घटनास्थलमा तत्काल दमकल पुगी प्रहरी र स्थानीयको सहयोगमा आधा घण्टामै आगोलाई पूर्ण नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।
माधव बरालको ३ तले गोल्डेन सिटी बिल्डिङमा तेस्रो तल्लामा रहेको दोहोरी साँझमा आगलागी भएको हो । कोमलनाथ आचार्य र खडकबहादुर कार्कीले सञ्चालन गरेको दोहोरीमा आगलागी भएको सूचना पाउने बित्तिकै वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षक नेत्र बहादुर कुँवरको कमाण्डमा १५ जनाको संख्यामा टोली खटिएको डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
नगद ५० हजार, एसीहरु, कम्प्युटर, सीसी क्यामेरा, बैंकका चेक लगायतका सामानहरू जलेर नष्ट भएका छन् । तत्काल आगो नियन्त्रणमा आएकाले भवन र अन्य पसल व्यवसाय नोक्सान हुनबाट जोगिएको छ । भवनमा सेक्युरिटिज, कलर हाउस, प्लास्टिक स्टोर्स, इलेक्टिकल पसल सञ्चालित छन् ।
सम्बन्धित खबर
तालचोक–बेगनास सडकखण्ड विस्तार कामको विश्व बैंक टोलीद्वारा अवलोकन
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम
पोखरा १२ ले सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको बिमा गरिदिने
पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक रविराज बरालको बिदाई
प्रतिभामा त्रिदिवसीय प्रतिभा प्रस्फुटन कार्यक्रम
पिसीएमका नयाँ विद्यार्थीलाई स्वागत र अभिमुखीकरण [तस्वीरहरू]
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ