हेर्दा हेर्दै ड्राइभरसँग प्रहरीले यसरी खायो घुस (भिडियो)

हेर्दा हेर्दै ड्राइभरसँग प्रहरीले यसरी खायो घुस (भिडियो)

ghus

अनुप पौडेल (रिपोर्टर/बिग एफएम)

मितिः २०७५ साउन १४ । समयः ७ः२० बजेतिर । रेडियोमा साँझ ६ बजेको बिग न्युज पढिसकेर (सुमन थापा दिदीसँग) घर जाने क्रममा थिए । चिप्लेढुंगाबाट छोरेपाटन जान बसमा चढेँ । केहि समयपछि फिल्मी शैलीमा बस अगाडि दुई जना प्रहरी सवार मोटरसाइकल रोकियो ।

प्रहरीले ब्लुबुक र लाईसेन्स माग्न थाले । चालकसँग केहिबेर बहस चल्यो । त्यसको केहिबेर पछि उनीहरु फर्किए । परिचालकले चालकलाई माथि गएर आउँछु भन्यो । किन ? भनेर चालकले प्रश्न गरे । उनले जवाफ फर्काएः ’मामालाई रिचार्ज कार्ड हाल्ने पैसा चाहियो रे ।’

परिचालक थोरै माथि चोक तिर लम्किए । म पनि केहि गडबढ पक्कै छ भनेर पछि पछि लागेँ । बिग एफएम अगाडि सडकको जेब्रा क्रसिङबाट चिप्लेढुंगा चोकसम्मै पुगेँ । ति दुई प्रहरीहरु हातमा तीन चार वटा ब्लुबुक र लाईसेन्स लिएर बसिरहेका थिए । मैले हातमा मोबाइल लिएर थाहा नपाउने गरि भिडियो खिचिरहेँ ।

https://www.facebook.com/gandaknews/videos/881066652085588/

प्रहरीले तीन वडा गाडीका परिचालकहरुलाई यताउति डुलायो र कसैले नदेख्ने गरी पैसा लियो । उता फर्किएकाले भिडियोमा त्यो दृश्य परेन ।

आज हेर्दा हेर्दै नाटकीय शैलीमा राष्ट्रसेवकले यसरी घुस खाएको देखेँ । चालकले त जरिवाना तिर्नै प¥यो । तर त्यो राजश्वको ढिकुटीमा होईन ट्राफिक र नेपाल प्रहरीको खल्तीमा प¥यो । राष्ट्रसेवक यसरी २–४ सयमा बिकेको पहिलो पटक देखेँ ।

कास्की प्रहरी यस भिडियो फुटेजका आधारमा तुरुन्त पहिचान गरी कारबाही गर्न नचुकोस् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ